मिति २०८० आषाढ ०२ गते तदनुसार १७ जुन २०२३ शनिवारका दिन मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ४ मा रहेको सहारा रिसोर्टमा विहान ११:०० बजेबाट दिउँसो ०५:३० सम्म पालुङ जेसीजको आयोजनामा १ दिने Leadership Development & Effective Public Speaking (EPS) Training सु-सम्पन्न भएको छ र उक्त तालिममा नेपाल जेसीज वर्ष २०११ का राष्ट्रिय अध्यक्ष , अष्ट्रेलियाका लागि नेपाली पूर्व राजदूत, नेपाल टेलिभिजनका पुर्व कार्यकारी अध्यक्ष र अन्य थुप्रै संघसंस्थामा आवद्ध हामी सबैका अभिभावक आदरणीय व्यक्तित्व सिनेटर महेश दाहालज्युको प्रमुख प्रशिक्षणमा भएको तालिममा ८५ जनाको सहभागिता रहेको थियो र समग्र रूपमा तालिम निकै नै फलदायी र उपलब्धिमुलक रहेको थियो।