२०७५ चैत्र ०९, चारआली झापा। बिश्व दृष्टि बिशेषज्ञ दिवशको अबसरमा चारआली जेसीजको आयोजना तथा एभरेष्ट अप्टिकल सेन्टरको प्राबिधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। दर्जन भन्दा बढी संघ संस्था उपस्थित रहेको उक्त कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने मे.न.पा. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु जेसी राजेश गिरी, जेसी तीर्थ घिमिरे , जेसी धन बहादुर तामांग तथा निबर्तमान अध्यक्ष जेसी रोहित दाहालको उपस्थितिमा भएको कार्यक्रममा तालिम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुलले स्वागत मन्तव्य, उपाध्यक्ष जेसी सुजुप सुवेदीले जेसीज आस्था बाचन गर्नुभएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष जेसी राजेश गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि मे.न.पा. १३ का वडा अध्यक्षले स्थानीय निकायले भबिष्यमा जेसीज संग सहकार्य गरेर युवा लक्षित कार्यक्रम हरु संचालन गर्न तत्पर रहेको र निकट भविष्यमा लागु औषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम जेसीजको संयोजनमा गर्न आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी गराउनु भएको थियो । एकदिने उत्त शिविरमा २४६ जना बिरामीको आँखा जाँच गरिएको थियो।