कोहलपुर जेसीजद्वारा कोहलपुर नगर पालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

2022-08-26

नगरपालिकाका सेवाहरु थप प्रभावकारी बनाईने सरोकारवालाको भनाई–कोहलपुर 

नगरको सार्वजनिक सुनुवाई सम्पन्न


कोहलपुर, साउन २९,

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरपालिकाका योजना, सेवा तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन तथा व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाको सहयोग र कोहलपुर जेसिजको सहजिकरणमा आईतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाले सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले विशेष गरी नगरपालिकालाई जवाफदेहिता, पारदर्शितासँगै शुशासनयुक्त नगर कायम राख्ने प्रतिबद्वतता जनाएका हुन् ।

सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरी सेवाग्राहीले अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा, नगर क्षेत्रमा खेलकुदको विकास र नगरपालिकाबाट भएगरेका प्रयासहरु, योजना सम्पन्न नहुँदै भएको भुक्तानी प्रक्रिया, विद्यालय अनुगनका क्रममा शिक्षक, कर्मचारीहरु गैर जिम्मेवार बनेको पाइएकोमा कस्तो दण्ड निर्धारण गर्ने निर्णयमा नगरपालिका पुगेको लगाएत वडातहदेखि गौरवका योजनाहरुको अवस्था र बजेटबारे सेवाग्राहीले प्रश्न राखेका थिए । सेवाग्राहीबाट उठेका प्रश्नको सम्बोधन नगर प्रमुख, नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा नं. १० का कार्यवहाक अध्यक्ष भीम पौडेलले सम्बोधन गरेका थिए ।

कोहलपुर नगरपालिकाको सेवाको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न कोहलपुर नगरपालिकाको बेरुजु रकम करिब २४ करोड कोहलपुर नगरपालिकाको बेरुजु रकम बढेर करिब २४ करोड पुगेको छ । कोहलपुर नगरपालिकाले प्रवाह गर्ने सेवाको प्रभावकारिता सम्बन्धी सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले कोहलपुर नगरपालिकाको बेरुजु रकमबारे जानकारी गराएका हुन् । महालेख परिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा १८ करोड बढि रकम बेरुजु देखिएकोमा गत आ.ब.मा ५ करोड ३६ लाख रकम बेरुजु शिर्षकमा थप हुँदा नगरपालिकाको बेरुजु रकम बढेर २३ करोड ९९ लाख बढि पुगेको हो ।

कोहलपुर नगरपालिकाको आयोजना एवम् कोहलपुर जेसिजको सहजिकरणमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा बेरुजु रकम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा बेरुजु रकम शुन्यतामा झार्न नसकेतापनि बेरुजु रकम नदेखिने गरी कार्यसम्पादन गर्ने प्रतिबद्वता जनाएका छन् ।


JCI News Archive