चारअालि जेसीजद्वारा ट्राफिक जनचेतना मुलक कार्यक्रम

2022-01-19

20 Jan 2022.

 चारआली जेसिजले बिहीबार ट्राफिक जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाईं रहेका थिए ।ट्राफिक प्रहरी पोष्ट चारआलीको विशेष सहयोगमा भएको कार्यकममा गाडीहरुमा ट्राफिक नियमसम्बन्धी स्टिकर लगाउनुका साथै प्रचार सामाग्रीहरु प्रदान गरिएको थियो ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख चापागाईं र जेसिज वर्ष २०२१ का अध्यक्ष सन्तोष न्यौपानेले आ आफना धारणा राखेका थिए । सो कार्यक्रममा चारआली जेसिज वर्ष २०१९ का अध्यक्ष उत्तमप्रसाद पकुवाल, प्रनानि राजकुमार बस्नेत, यातायात व्यवसायी, ट्राफिक प्रहरी,जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

चारआली जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक राईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सुजुप सुवेदीले गरेका थिए ।

JCI News Archive

Whoops, looks like something went wrong.