वास्तु पूजा तथा घर पैचो कार्यक्रममा पर्वत जेसीज सक्रिय रूपमा उपस्थित

2025-04-14
२०८२ वैशाख १ गते, पर्वत — पर्वत जेसीज परिवार आज निवर्तमान अध्यक्ष जेसी मिलन पौडेलको नयाँ निवासमा आयोजित वास्तु पूजा तथा घर पैचो कार्यक्रममा सक्रिय रूपले सहभागी रह्यो । धार्मिक विधिअनुसार सम्पन्न यस कार्यक्रमलाई भक्तिभाव, आस्थाका साथ सम्पन्न गरिएको थियो । पर्वत जेसीजका पदाधिकारी, पूर्वपदाधिकारी, सल्लाहकार तथा सदस्यहरू पूजामा आत्मीय उपस्थितिका साथ सहभागी बनेका थिए । उपस्थित सदस्यहरूले पूजास्थलमा फूल, प्रसाद, धूप र अन्य धार्मिक सामग्री अर्पण गर्दै जेसी मिलन पौडेललाई शुभकामना व्यक्त गरेका थिए । पवित्र वातावरणमा गरिएको पूजापछि सामूहिक प्रसाद ग्रहण गरिएको थियो भने सहभागीहरूले नयाँ घरमा सुख, समृद्धि, शान्ति र सौभाग्यको कामना गरेका थिए । पर्वत जेसीजको सामूहिक उपस्थिति र समर्पणले पूजालाई अझ भव्य, भावनात्मक र समर्पणमय बनाएकोे महसुस भएको थियो । 

JCI News Archive