राजविराज जेसीज सप्ताह २०२३ को पाँचौँ दिन रक्तदान कार्यक्रम सम्पन्न

2023-02-15

राजविराज जेसीजको आयोजनामा जेसीज सप्ताह २०२३ अन्तर्गत पाँचौँ दिन अर्थात् मिति २०७९ फाल्गुन १ गते अपराह्न १ बजेदेखि साँझ ५ बजेसम्म गजेन्द्र नारायण सिंह अस्पताल राजविराज परिसर भित्र रहेको नेपाल रेडक्रस सोसाइटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राजविराज जेसिज वर्ष २०२३ का अध्यक्ष जेसी उज्ज्वल काबराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी उज्जवल काबरा, महासचिव जेसी रवि राय, र उपाध्यक्षद्वय जेसी रिया राय सञ्चेति, होमेस काबराले रक्तदान गरेका थिए । जेसिज सप्ताह कार्यक्रममा राजबिराज जेसिज वर्ष २०२० का अध्यक्ष जेसी नानी मैयाँ कटवाल, वर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष जेसी सुनीत मुन्ना,कोषाध्यक्ष जेसी पंकज देव र शाखा सम्पादक जेसी मनिष दास ज्यूको उपस्थिति रहेको थियो। कार्यक्रमको समापन भएपछि महासचिव रवी रायले यस्ता कार्यक्रमले नयाँ रक्तदातामा थप हौसला प्रदान गरी रक्तदान गर्ने तर्फ अग्रसर हुने अभिव्यक्ति दिएका थिए । राजविराज जेसीजले विगतको तुलनामा यस वर्ष कार्यक्रम सञ्चालनमा तिव्रता ल्याएको र यसले सङ्गठनमा नयाँ सदस्य थप गर्न मद्दत पुग्ने अध्यक्ष काबराले बताउनु भएको छ।

JCI News Archive