वीरता लेडी जेसीजको आयोजनामा मल्टिच्याप्टर तालिम सम्पन्न भएको छ । झापाका १६ वटा शाखाहरुको सहआयोजनामा भएको तालिममा ५५ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगिता चिमरियाको अध्यक्षता तथा नेपाल जेसीज २०२२ का कार्यकारीणी उपाध्यक्ष दिपेन्द्र निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष झुमा भट्टराई चुडालले स्वागत गरेकी थिइन् ।
वीरता लेडी जेसीजकी तालिम संयोजक श्रेयसी चौधरीले आस्था वाचन गरेको कार्यक्रममा उपाध्यक्ष समिरा दाहालले जेसीआई मिसनभिजन वाचन गरेकी थिइन् ।
तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले गरेका थिए । उनले जेसीजको रणनीति र दिगो विकासका लक्ष्य भन्ने शिर्षकमा शाखामा पदाधिकारीहरुले गर्नु पर्ने काम कर्तव्य र युवाहरुलाई दिगो आर्थिक विकासमा लैजान जेसीजले खेल्नु पर्ने भूमिकाका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय महासचिव कृष्ण सापकोटा, वीरता लेडी जेसीजका लागि निरुपित उपाध्यक्ष कुमारसिंह साँवा, राष्ट्रिय उपाध्यक्ष राजिव प्रसाई, नेपाल जेसीजको केन्द्रीय तालिम कोषाध्यक्ष उषा उप्रेती, सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जविन तिम्सिना, धुलावारी जेसीजका पूर्व अध्यक्ष सुभाष रिजाल, वीरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलगायतको सहभागिता रहेको थियो ।
तालिम समापन कार्यक्रममा धुलावारी जेसीजका अध्यक्ष, रबिन्द्र पाठक, चारआली जेसीजका अध्यक्ष विरु बेघा, अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर (राजु), भद्रपुर जेसीजका अध्यक्ष मनोज भट्टराई, दमक जेसीजका अध्यक्ष सञ्जिव बराल, बुधवारे जेसीजका अध्यक्ष मुकेश भट्टराई, कमलनगर जेसीजका नारायण बस्नेत, अध्यक्ष कचनकवल खगेन्द्र पाण्डेलगायतले तालिममा सिकेका कुरालाई शाखामा लागु गरेर आफ्नो कार्यकाल सफल बनाउने बताएका थिए ।
कार्यक्रममा सहभागिलाई प्रमाण पत्र र शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।