त्रिभुवननगर जेसिजको आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

2025-01-15

त्रिभुवननगर जेसीजको आयोजनामा र दाङ महिला जेसीज, रोटरी क्लव अफ दाङ, लायन्स क्लव अफ घोराही सिटीको तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा घोराही उप–महानगरपालिकाको समन्वयमा बाह्रकुने दहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३०० बढी सेवाग्राहीहरुले निःशुल्क औषधि तथा स्वास्थ्य परामर्श प्राप्त गरेका थिए । 


मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने जेसीज आस्थालाई आत्मसाथ गर्दै सामाजिक कार्य अन्तर्गत गरिएको शिविरबाट बढी भन्दा बढी सेवाग्राहीहरुका लागि सेवा पु¥याउने उद्देश्यले शिविरमा आयोजना गरिएको त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत ९अनन्त०ले बताउनु भयो । शिविरमा दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकाल, रोटरी क्लव अफ दाङका अध्यक्ष प्रदीप सुवेदीलगायतको सहभागिता रहेको थियो ।  शिविरमा घोराही उ।म।न।पा।–१३ स्थित स्वास्थ्य केन्द्रका प्रतिनिधिहरु, गोरखा अस्पतालका डा। शुभम देउजा, बरिष्ठ नर्स लक्ष्मी ढकालले विरामीहलाई स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नु भएको थियो । शिविरका लागि आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरु एन।एम।एस।आर।ए। दाङले सहयोग गरेको थियो । शिविरको संयोजक त्रिभुवननगर जेसीजका स्वास्थ्य संयोजक जेसी प्रकाश आचार्य रहनु भएको थियो ।

JCI News Archive