पालुङ जेसिजको २४अौ पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

2024-01-18

 पालुङ जेसीज वर्ष सन् २०२४ को अध्यक्षमा जेसि निरज रायमाझी  ज्यु पदस्थापित हुनुभएको छ । मंगलबार भएको पालुङ जेसीजको २४ औं पदस्थापन कार्यक्रमका बीच पालुङ जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि संगम कार्कीज्युद्दारा नव निर्वाचित अध्यक्ष जेसि निरज रायमाझी ज्यूलाई वर्ष २०२४ का लागि शाखा अध्यक्षको माला/चेन हस्तान्तरण गर्दै अध्यक्ष पदमा पदस्थापित गराउनु भएको छ ।

अध्यक्ष पदमा पदस्थापित जेसि निरज रायमाझीज्युद्दारा युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमार्फत आफ्नो कार्यकाल नमूनालायक बनाउन प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छ। पालुङ जेसीजको २४ अौ पदस्थापना एवम पुरस्कार बितरण कार्यक्रममा कार्यकारिणी उपाध्यक्षहरु क्रमश: नारायण तामाङ र मानसिंह दोङ तथा उपाध्यक्षहरु क्रमश: स्मिता बिष्ट, बिस्मिता गोपाली, नवीन कार्की र बिराज थापा लगायत अध्यक्ष जेसि निरज रायमाझीज्युद्दारा  मनोनित महासचिव पदमा बिक्रम गोपाली, कानूनी सल्लाहकार पदमा सुबिन्द्रमान प्रधान, कोषाध्यक्ष पदमा सन्जय गोपाली र क्रमश:सह-कोषाध्यक्ष: अजय कार्की,
सचिवमा:रोशनी गोपाली, तालिम आयुक्तमा: अजित कार्की, प्रकरण निर्देशक: प्रकाशबहादुर चन्द, जनसम्पर्क अधिकारी: सुशान्त गोपाली र शाखा सम्पादक:अन्जय प्रधान सम्पुर्णलाइ संयुक्त  रुपमा सपथग्रहण गराउनुभएको छ। 

२०२३ का अध्यक्ष जेसि संगम कार्की ज्युद्दारा आफ्नो कार्यकालमा सहयोग गर्नुहुने जेसीज सदस्यहरु लगायत पूर्व अध्यक्ष तथा शाखा अध्यक्षहरुलाई मायाको चिनो प्रदान गर्नुभएको छ । कार्यक्रममा पालुङ जेसीजका मानार्थ सदस्य  जेसि कविराज खत्री ज्यु, पुर्व अध्यक्ष जेसि सुरेन्द्रमान प्रधान ज्यु, संस्थापक अध्यक्ष जेसि पुरुषोत्तम ढकाल ज्यु, मातृशाखा हेटौंडा जेसीजका अध्यक्ष जेसि विकेशलाल श्रेष्ठ ज्यु, नेपाल जेसीज वर्ष २०२४ का उपाध्यक्ष जेसि गणेश सापकोटा ज्यु, क्षेत्र 'ख' का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि सौरभ श्रेष्ठ ज्यु, लगायतका अतिथिहरुद्दारा मन्तव्य दिएका छन्।बिशिष्ट अतिथिहरुमा नेपाल जेसिज  क्षेत्र 'ख' का निरुपित राष्ट्रिय  कार्यकारिणी उपाध्यक्ष सिनेटर जेसि अनुप सुनुवार ज्यु र थाहा नगरपालिकाका उपप्रमुख एवम् पालुङ जेसिज वर्ष २००८ का शाखा अध्यक्ष जेसि भरत गोपालीज्युद्दारा विशिष्ट अतिथिको मन्तव्य दिनुभएको थियो ।थाहा नगरपालिकाका नगर प्रमुख श्री बिष्णुबहादुर बिष्ट ज्युद्दारा प्रमुख अतिथिको मन्तव्य व्यक्त गर्नु भएको थियो। यस पदस्थापना तथा पुरस्कार बितरण कार्यक्रमका कार्यक्रम संयोजक जेसि सुशान्त गोपाली ज्युद्दारा कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि ज्युहरु,बिशिष्ट अतिथि ज्युहरु,प्रमुख अतिथि ज्यु लगायत सम्पुर्ण जेसिज मनहरुमा धन्यबाद ज्ञापन मन्तव्य दिनुभयो।कार्यक्रमको अन्तमा सभाध्यक्ष जेसि निरज रायमाझी ज्युद्दारा कार्यक्रम समापन गर्नुभएको थियो।

JCI News Archive