कमलनगर जेसिजको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम

2025-03-08
मिति २०८१ साल फागुण २४ गते शनिबार तदनुसार 8 March, 2025 का दिन कमलनगर जेसिजको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको पून्य अवसरमा कमल गाँउपालिका वडा नं. ०२ समयगढ चौकमा आयोजित एक विशेष कार्यक्रममा आर्थिक सहयोग हस्तान्तरण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा विपन्न परिवारकी एकल महिला श्री भूमा कार्कीलाई आर्थिक सहायता प्रदान गरिएको छ । यस सहयोगले उहाँको जीवनस्तरमा सुधारमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पूर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अध्यक्षता कमलनगर जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भिम अधिकारीले गर्नुभएको थियो भने वर्ष २०२५ की उपाध्यक्ष जेसी अर्चना कार्कीको संयोजनमा कार्यक्रम सम्पन्न भएको उक्त कार्यक्रममा कमलनगर जेसीजका वर्ष २०२५ का बोर्डका पदाधिकारीहरु, पूर्वअध्यक्षज्यूहरु, आजिवन सदस्यहरु, सदस्यहरुको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा समाजिक व्याक्तित्व जेसी राजनबहादुर ढुंगानाको प्रमुख आतिथ्यताले गरिमा थप बढाएको थियो । यस कार्यक्रमले संस्थाको समाजप्रतिको उत्तरदायित्व र नारी सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई स्पष्ट रुपमा झल्काएको छ ।
एकल महिला तथा विपन्न परिवारप्रति संवेदनशिलता अभिबृद्धि गर्न र समाजमा सकारात्मक परिवर्तन ल्याउन यसले भूमिका निर्वाह गरेको छ । कमलनगर जेसीजले यस्ता पहलहरु मार्फत समुदायमा एकता र समृद्धिको भावना बलियो बनाउदै सामाजिक विकासमा योगदान पुर्याउने प्रयासलाई निरन्तरता दिईने छ ।




JCI News Archive