पोखरा जेसीजको वर्ष २०२१ को कार्यसमितिको पदस्थापन

2021-01-04

पोखरा जेसीजको नयाँ कार्यसमितिको पदस्थापन बर्ष २०२१ को पहिलो दिन जनवरी १ मा गरिएको छ । कार्यक्रममा वर्ष २०२० का अध्यक्ष जेसी शिव प्रसाद सापकोटाले वर्ष २०२१ का अध्यक्ष जेसी ई. किरण के . सी . लाई पद हस्तान्तरण गरेका थिए ।

नेपाल जेसीजका वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरूनेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता वर्ष २०२० का जेसीआई पोखराका अध्यक्ष शिवप्रसाद सापकोटाले गरेका थिए । कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसिज ४८ औँ राष्ट्रिय महाधिवेशनका महाधिवेशन निर्देशक तथा पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर नारायण शर्मा, पोखरा जेसीजका पुर्व अध्यक्षहरू, नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार,  जेसी गोकुल सापकोटा , तथा उपाध्यक्षहरु, लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका पूर्वगभर्नर ध्रुब बहादुर थापा, पोखरा लेडी जेसीज, लेखनाथ जेसीज लगायत छिमेकी शाखाहरूका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष सिनेटर अरूणेश्वर खनालले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरी समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसीजको उद्देश्य रहेको बताए ।

वक्ताहरुमा नेपाल जेसीज क्षेत्र ख का निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भोजराज चापागाइँ, नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशन निर्देशक सिनेटर नारायण शर्मा, वर्ष २०२० का पोखरा जेसीजका अध्यक्ष शिव प्रसाद सापकोटा लगायतले बोलेका थिए ।

उक्त कार्यक्रममा बर्ष २०२१ का पोखरा जेसीजका अध्यक्ष जेसी ई. किरण केसीले यस वर्ष (Youth Leadership-Translating Vision Into Reality)‘युवा नेतृत्व-दर्शनलाई वास्तविकतामा रुपान्तरण गर्दै’ नारा स्वरुप आगामी ५ वर्षीय कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वर्ष २०२० को सम्पूर्ण गतिविधि तथा वर्ष २०२१ को वार्षिक कार्ययोजना समेटेर तयार पारिएको स्मारिका लिडर २०२ को विमोचन तथा पोखरा जेसीजले आतिथ्यता गर्ने नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक वेबसाइटको उद्घाटन प्रमुख अतिथि खनालले पहिलो महाधिवेशन सहभागीको रूपमा दर्ता गरी गरिएको थियो ।

कार्यक्रममा संयोजक जेसी विनोद भुजेलले स्वागत तथा महासचिव भाईराज रानाले सञ्चालन गरेका थिए ।

JCI News Archive