वालिङ जेसीजकाे मल्टि शाखा पदाधिकारी तालिम सम्पन्न

2021-02-20

https://www.facebook.com/406760179903379/posts/828992724346787/?sfnsn=mo वालिङ जेसीजकाे " मल्टि शाखा पदाधिकारी तालिम सम्पन्न "         

वालिङ जेसीजकाे आतिथ्यता तथा गल्याङ र भीरकाेट जेसीजकाे सहकार्यमा " मल्टिच्याप्टर शाखा पदाधिकारी तालिम " यही फाल्गुन ८ गते शनिबार सम्पन्न भएको छ । वालिङ जेसीजका अध्यक्ष जेसी विश्वास लम्सालकाे अध्यक्षतामा सम्पन्न उक्त तालिममा प्रमुख अतिथि नेपाल जेसीजका क्षेत्र ख निरूपित राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निराैला हुनुहुन्थ्यो भने करिब ५० जना जेसीज सदस्य हरूकाे सहभागीता रहेको थियो । प्रमुख अतिथि निराैलाले अबका जेसीज युवाहरूले नै समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै तालिम लिएपछिकाे सकारात्मक प्रतिबिम्ब राष्ट्र निर्माणमा देखिनुपर्ने बताउनुभयो ।कार्यक्रममा भीरकाेट जेसीजका अध्यक्ष जेसी प्रसुन मगरले स्वागत, गल्याङ जेसीजका अध्यक्ष जेसी गाेपिकृष्ण रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने जेसीज अास्थापाठकाे अगुवाइ वालिङ जेसीजका शुक्रवासरीय प्रवचनमाला संयाेजक जेसी मिना रेग्मीले गर्नुभएको थियो । नेपाल जेसीजका पूर्व राष्ट्रिय तालिम अायुक्त जेसी शिव सुवेदी र पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी अमृत अर्याल ले तालिममा प्रशिक्षण दिनुभएको थियो भने वालिङ जेसीजका पूर्व अध्यक्ष जेसी याम प्रसाद अधिकारी ( लक्ष्मण), भीरकाेट का उपाध्यक्ष जेसी सृजना गाैतम, गल्याङका कानुनी सल्लाहकार जेसी खगेन्द्र भण्डारी, वालिङका अध्यक्षीय सल्लाहकार जेसी ध्रुव पंगेनी लगायतले बाेल्नुभएकाे थियो । वालिङका उपाध्यक्ष जेसी भानुभक्त अाचार्य संयाेजक रहेकाे कार्यक्रमकाे संचालन वालिङ जेसीज वर्ष २०२१ का महासचिव जेसी यज्ञ पुरूष रिजालले गर्नुभएको थियोे ।

https://aadhikholakhabar.com/2021/02/waling_jci/?fbclid=IwAR3QbCwNAEFZklDLKNhxf2JBUclOMjRr6W8YLfbahA...

https://himdut.com/2021/02/20/%e0%a4%b5%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%9c%e0%a5%87%e0%a4...

JCI News Archive