जेसीआई कञ्चनद्वारा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा योगाभ्यास

2024-06-22

८ असार, कञ्चन

 अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कञ्चनमा योगाभ्यास गरिएको छ। जेसीआई कञ्चनको आयोजनामा सञ्चालन गरिएको  उक्त योगाभ्यास कार्यक्रममा योग गुरु नरहरिनाथ अर्यालले प्रशिक्षण दिनु भएको थियो।


कञ्चन गाउँपालिका वडा नं ४ का वाडाध्यक्ष केशर बहादुर खत्रीले योगाभ्यासको शुभारम्भ गर्नु भएको थियो। एक दिने योगाभ्यास कार्यक्रमको शुभारम्भ गर्दै वडा अध्यक्ष खत्रीले योगाभ्यासले जीवनलाई स्वर्गानुभूती हुने बताउनु भयो। योग विना स्वस्थ जीवनको कल्पना गर्न नसकिने भन्दै वडा अध्यक्ष खत्रीले योगाभ्यासलाई नियममा आधारित बनाउनु पर्ने सेमत जोड दिनु भयो।


प्रशिक्षक नरहरिनाथ अर्यालले शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक विकासका लागि जीवनमा योगको अपरिहार्य र समाजको स्वस्थताका लागि योग अति आवश्यक रहेको हुँदा स्थानीय सरकारले योगलाई नीति कार्यक्रममा समावेश गरि नियमित योगाभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ। योगलाई जीवनको अपरिहार्यता बनाउन सकियो भने दीर्घ जीवन प्राप्त गर्न सकिने प्रशिक्षक अर्यालले बताउनु भयो।


जेसीआई कञ्चन वर्ष २०२४ का अध्यक्ष जेसी धनपति ज्ञवाली (सन्देश)को अध्यक्षता, कानुनी सल्लाहकार जेसी खेम बहादुर क्षेत्रीले स्वागत तथा जेसी प्रिया तरामुले जेसीज आस्थापाठ गर्नु भएको थियो।


क्रिष्टल क्राउन स्केट पार्कमा भएको योगाभ्यास कार्यक्रमको सञ्चालन जेसीआई कञ्चन वर्ष २०२४ का महासचिव जेसी प्रकाश उपाध्याय पौडेलले गर्नु भएको थियो।


JCI News Archive