विराटनगर जेसीजले आफ्नो ५२औं एलओएम स्थापना दिवस फागुन २३, २०८१ (मार्च ७, २०२५) शुक्रबार विराटनगरको जेसीज भवनमा उत्साहपूर्वक सम्पन्न गरेको छ। कार्यक्रमको मुख्य आकर्षण केक काट्ने समारोह तथा विशेष सम्मान कार्यक्रम रहेको थियो।
नेपाल जेसीजको निर्देशनअनुसार, अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर कोशी प्रदेश स्वास्थ्य सचिव राधिका थपलियाज्युलाई स्वास्थ्य क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको सम्मानस्वरूप सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव आदरणीय राधिका थपलिया प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। विशेष अतिथिको रूपमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा विराटनगर जेसीजका पूर्व अध्यक्ष जेसीआई सेन. फूल कुमार लालवानीको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता विराटनगर जेसीजका अध्यक्ष जेसी प्रितेश राज दाहालले गर्नुभएको थियो।