पालुङ जेसीज द्वारा अग्नि पिडितलाई नगद राहत वितरण कार्यक्रम

2024-03-14
  • कार्यक्रम :-राहत वितरण कार्यक्रम
  • स्थान:-थाहा नगरपालिका -११,मालागिरी
  • मिती:-२०८०-११-३०
  • समय:-बेलुका ५:००बजे
  • पालुङ जेसीज वर्ष २०२४ द्वारा आगाे लागि पिडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएकाे छ । मिती २०८०-११-२४ गतेका दिन थाहा नगरपालिका ११ स्थित दिपक लामा ज्यूकाे घरमा धनजनकाे क्षति हुने गरि आगाेलागी भएकाे थियाे उक्त आगाेलागी पिडीतलाई पालुङ जेसीज द्वारा राहत वितरण गरिएकाे छ । उक्त वितरण कार्यक्रमका थाहा वार्ड नम्बर ११का वडा अध्यक्ष दिनेश कुमार बल ज्यू प्रमुख अतिथि हुनुहुन्थाे।उक्त कार्यक्रमका बर्ष २०२४का शाखा अध्यक्ष जेसी निरज रायमाझी ज्यूकाे सभाध्यक्ष रहनुका साथै कार्यक्रम सञ्चालन वर्ष २०२४ का महासचिव जेसी बिक्रम गाेपाली ज्यूले गर्नुभएकाे थियाे । कार्यक्रममा पालुङ जेसीज द्वारा आगाेलागी पिडितलाई पालुङ जेसीज वर्ष २०२४ का बाेर्डका पदाधिकारी ज्यूहरू,पूर्व अध्यक्ष ज्यूहरू,संयाेजक ज्यूहरू ,सदस्य ज्यूहरू लगाएत विभिन्न शाखाबाट र समाजीक व्यक्तित्व ज्यूहरूबाट संकलित रकम रू ३२१७५ तथा वर्ष २०२४का कानुनी सल्लाकार जेसी सुबिन्द्रमान प्रधान ज्यूबाट रू १०,०००/- रकम पिडितलाई हस्तान्तरण गरिएकाे थियाे । यश कार्यक्रममा पूर्व अध्यक्ष ज्यूहरू जेसी नवराज लामा (अध्यक्ष -२०२१),जेसी सुरेन्द्रमान प्रधान (अध्यक्ष -२०१०) तथा बर्ष २०२४का बाेर्डका पदाधिकारी ज्यूहरू ,संयाेजक ज्यूहरू लगाएत उक्त स्थानकाे स्थानीय बासिन्दाहरूकाे उल्लेखेनीय उपस्थिति थियाे ।
JCI News Archive