Postpone “An Evening with Sambujeet Baskota” programme

2020-03-13

जेसिआई सिद्धार्थ लेडी द्धारा यहि मिति २०७६साल फाल्गुण ३० गते शुक्रवार आयोजना गर्न लागेको धेरै महत्वपूर्ण कार्यक्रम नेपालकै बरिष्ठ संगीतकार एवंम गायक सम्भुजित बास्कोटाको प्रत्यक्ष सांगितिक मिलन(सम्भुजित बास्कोटा साँझ) विश्वब्यापी रूममा महामारीको रूपमा फैलीरहेको कोभिड-१९ (कोरोना भाईरस) को संक्रमण को भयावह अवस्थामा विश्व स्वास्थ्य संगठनले समेत आपतकाल घोषणा गरिसकेको र नेपाल सरकारले समेत उच्च सतर्कता अपनाउदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सभा,सम्मेलन र सांगितिक कार्यक्रममा अस्थाईरूपमा बन्देज लगाएको छ। तैयारीको अन्तिम चरणमा आएर ब्याध्यातमक परिस्थितिको कारणले पुर्वनिर्धारित कार्यक्रम अर्को सुचना नहुँदासम्मलाई स्थगन गरिएको ब्यहोरा सम्पुर्ण टिकट खरिदकर्ता,बिज्ञापन दाता र सहयोगिहरूमा जानाकारीको लागि अनुरोध गर्दै यसबाट पर्न गएको अपुरणीय क्षति प्रति सिद्धार्थ लेडी जेसिज परिवार हार्दिक क्षमायाचना गर्दछौ ।
हामी सामाजिक संस्था हरूको नेपाल सरकारका सबै सकारात्मक पहलको सम्मान गर्नु नैतिक दायित्व पनि हो।।

JCI News Archive