जेसीज सप्ताहको अवसरमा अन्तर जेसीज सदस्य हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

2025-05-28

म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा करवाकेली समूह प्रथम, रिखार समूह द्धितिय, मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् ।म्याग्दी जेसीजको २७ औं स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत मंगलवार बेनीमा अन्तर जेसीज सदस्य हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । म्याग्दी जेसीजका बोर्डका पदाधिकारी तथा सदस्यहरु सहभागी प्रतियोगितामा बरबाकेली समूह प्रथम, रिखार समूह द्धितिय, मालिका समूह तृतीय र ताकमकोट समूह सान्त्वना हुन सफल भएका छन् ।जेसीज सप्ताहको अवसरमा मेरो विद्यालय कार्यक्रम अन्तर्गत आँखा जाँच, बेनी नगरपालिका ४ तातोपानीमा "प्रभावकारी उद्घोषणकला तालिम", "अन्तर विद्यालय निवन्ध लेखन प्रतियोगिता" र म्याग्दी जेसीज र पत्रकार महासंघ म्याग्दी बिच "मैत्रिपूर्ण फुटसल प्रतियोगिता" समेत सम्पन्न भएको छ । जेसीज सप्ताहको अवसरमा "अन्तरमावि लोकनृत्य प्रतियोगिता" समेत आयोजना गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष घर्ति क्षेत्रीले जानकारी दिनुभयो ।

JCI News Archive