बुटवल जेसीजले यस क्षेत्रका युवाहरुलाई लक्षित गरि प्रभावकारी भाषण कला तथा उद्घोषण तालिम सम्पन्न गरेको छ । टिप नेपो र नेपाल परिवार नियोजन संघ, रुपन्देहीसंगको सहकार्यमा उक्त तालिम सम्पन्न भएको हो ।
बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर गणेशचन्द्र पोख्रेलले जिवनमा सकारात्मक परिवर्तन ल्याउन जेसीजका तालिमले महत्वपुर्ण योगदान दिने बताउदै सिकेका कुराहरुलाई ब्यवहारमा उतार्नु पर्ने बताउनु भयो ।
यस्तै नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष, बुटवल जेसीजका पुर्व उपाध्यक्ष तथा २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरेले बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष नरदेव न्यौपानेले यस वर्ष महत्वपुर्ण तालिम आयोजना गरेको उल्लेख गर्नु भयो । उहाँले प्रभावकारी भाषण कला अति महत्वपुर्ण विषय रहेकोले यो तालिमले सहभागिहरुको जिवनमा परिवर्तन ल्याउने कुरामा विस्वस्त रहेको बताउनु भयो ।
टिम नेपो ५ नम्वर प्रदेशका संयोजक तथा नेपाल परिवार नियोजन संघ, रुपन्देहीका युवा सममिती अध्यक्ष अशोक गौतमले बुटवल जेसीज संघ सहकार्य गर्न पाएकोमा खुशि ब्यक्त गर्नु भयो । उहाँले बुटवल जेसीजले प्रदान गर्ने तालिमहरु अत्यन्त प्रभावकारी हुने भएकोले विभिन्न क्षेत्रका युवाहरु जेसीजमा प्रवेश गर्न र तालिम लिन आतुर भएको बताउनु भयो । आगामी दिनमा पनि आफु र आफ्नो संस्था बुटवल जेसीज संघ सहकार्य गर्न तयार रहेको धारणा राख्नु भयो ।
तालिममा सहभागि ८० जना युवाहरुलाई नेपाल जेसीजका प्रशिक्षक तथा बुटवल जेसीजका उपाध्यक्ष जेसी रमेश अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
दुइ चरणमा विभाजमा गरिएको तालिमको पहिलो शत्रमा उद्घोषण कला सम्बन्धी र दोस्रो चरणमा प्रभावकारी भाषण कला सम्वन्धी प्रशिक्षण अर्यालले दिनु भएको थियो । प्रयोगात्मक र सैद्धान्तीक पक्षलाइ समेटेर तालिम प्रदान गरिएको थियो । तालिममा बुटवल जेसीज वर्ष २०१९ का कोषाध्यक्ष जेसी अर्जुन ज्ञवाली र बुटवल जेसीजका पुर्व उपाध्यक्ष जेसी महेश पाण्डेले आफ्नो अनुभव सहभागिहरुलाई बाड्नु भएको थियो ।
कार्यक्रमका अध्यक्ष तथा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले कोही पनि युवा बोल्न नसेकै कारण पछाडि पर्न नपरोस भन्ने लक्ष्यले तालिमको आयोजना गरेको बताउनु भयो । जेसीज अनौपचारिक विश्व विद्यालय भएको बताउदै उहाँले भन्नु भयो–‘औपचारिक विश्व विद्यालयमा पढ्न नपाएका कुराहरु जेसीजको तालिममा अध्ययन गर्न पाइन्छ ।’
उहाँले आफ्नो बाँकी रहेको कार्यकालमा थप महत्वपुर्ण तालिमहरु सञ्चालन गरि युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासको लागि खरोरुपमा उत्रने बताउनु भयो । उहाँले तालिम सम्पन्न गर्न सहकार्य गर्ने संस्था टिम नेपो, परिवार नियोजन संघ, रुपन्देही तथा कार्यक्रम संयोजक, प्रशिक्षक लगाएतलाई धन्यवाद प्रकट गर्नु भयो ।
बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको कार्यक्रम सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उक्त तालिमको लागि कार्यक्रम संयोजकको जिम्मेवारी सम्हाल्नु भएका जेसी यदुमणि पोख्रेलले जेसीज आस्था बाचन गर्नु भएको थियो । तालिम विहान ११ बजे देखि ४ बजे सम्म सञ्चालन भएको थियो ।