नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिबेशन सम्बन्धी राष्ट्रिय पदाधिकारीसँग अन्तर्कृया कार्यक्रम

2021-08-27

नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिबेशन तयारी तथा समन्वयका लागि पोखरा जेसीजको बर्ष २०२१ को कार्यकारिणी समिति, महाधिबेशन आयोजक समिति र नेपाल जेसीजको बोर्डका पदाधिकारीहरु बिच स्वागत तथा अन्तकृया कार्यक्रम मिति २०७८ भाद्र ०७ गते तदनुसार २३अगष्ट, २०२१ का दिन पोखरा जेसीजको सचिवालयमा सम्पन्न भएको छ ।
नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर अरुणेश्वर खनालज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी ज्युले नेपाल जेसीजको ४८ औँ राष्ट्रिय महाधिबेशनका लागि हालसम्म भएका तयारी बारे कृतज्ञता ज्ञापन गर्दै बर्ष अध्यक्ष हुनुको नाताले महाधिबेशनका लागि गर्न सकिने साथ सहयोगका लागि नेपाल जेसीज तयार रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
आतिथ्यता शाखाको तर्फबाट पोखरा जेसीजले महाधिवेशन सङ्ग सम्बन्धित हाल सम्म गरेका तयारी बारे पोखरा जेसीज बर्ष२०२१ का अध्यक्ष जेसी ई. किरण के.सी.ले जानकारी गराउनु भएको थियो । अन्तरकृया कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष तथा प्रमुख अतिथि समक्ष पोखरा जेसीजका पुर्ब अध्यक्ष हरु श्री उर्दिप श्रेष्ठ(१९९६), श्री दयाराम गौतम(२००६), जेसी गोविन्द देवकोटा(२०१६), श्री शिव कोइराला(२०१७), जेसी शिव सुवेदी(२०१८), जेसी सन्तोष शाही(२०१९), निवर्तमान अध्यक्ष जेसी शिव सापकोटा, कानुनी सल्लाहकार जेसी देवराज शर्मा लगायत ले महाधिवेशन पद्दती तथा महाधिवेशन सम्पन्न गर्न आवश्यक सहकार्य वारे जिज्ञासा राख्नु भएको थियो ।
कार्यक्रममा नेपाल जेसीज क्षेत्र ख का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी भोजराज चापागाइ, नेपाल जेसीज बर्ष २०१६ का राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर रबिन्द्र गुरुङ्ग, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी शिव प्रसाद भुषाल, नेपाल जेसीजका राष्ट्रिय कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, राष्ट्रिय महासचिव जेसीआइ सिनेटर बिकाश मानन्धर, राष्ट्रिय कोषाध्यक्ष जेसी पबिन्द्र भट्टराई, क्षेत्र ख तालिम संयोजक जेसी उमेश गुरुङ, सौराह जेसीजका बर्ष २०१८ का अध्यक्ष जेसी हरि दाहाल, काभ्रे जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी सुभास बैध्य लगायतको उपस्थिती रहेको थियो ।
बर्ष २०२१ का अध्यक्ष जेसी किरण के.सी.ज्युको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत महाधिवेशन आयोजक समितिका सचिब तथा पुर्व अध्यक्ष श्री दयाराम गौतम, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष जेसी शिव सापकोटा ज्युले गर्नुभएको थियो भने सन्चालन बर्ष २०२१का महासचिव जेसी भाइराज रानामगरले गर्नुभएको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.