जेसिआइ हेटौंडाको आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविर बागमती गाउँपालिका-2 राईगाउँ स्वास्थ्य चौकीमा सम्पन्न भएको थियो ।कार्यक्रम जेसिआइ हेटौंडाका अध्यक्ष जेसि लिसेन बस्नेतको सभाध्क्षतामा सम्पन्न भएको थियो।कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान ज्युले बिरुवामा जल सेचन गरि उक्त कार्यक्रमको उद् घाटन गर्नुभएको थियो। कार्यक्रमका विशिष्ठ अतिथि नेपाल जेसिज वर्ष 2021 का कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुण कुमार दाहाल रहनु भएको थियो । कार्यक्रममा डा. स्वच्छा शाह, डा. दोजेन्द्र बस्नेतले बिरामीहरुको स्वास्थ्यउपचार गर्नुभएको थियो ।कार्यक्रममा जेसिआइ हेटौंडाका पूर्व अध्यक्षहरु जेसिआइ सिनेटर रबि नेपाल, जेसिआइ सिनेटर दिपकराज मिश्र, जेसिआइ सिनेटर धर्मराज बानियाँ, जेसि माधब न्यौपाने र जेसिआई हेटौँडाका प्रमुख बोड सल्लाहकार जेसि अन्जनी कुमार पराजुली रहनुभएको थियो।कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज खुलेस्वर पाण्डेको उपस्थीति रहेको थियो।बिहान 8बजे देखि सञ्चालित उक्त शिविरमा 200 जनाले आफ्नो स्वास्थ्य जाँच गराउनु भएको थियो।स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्तचाप, दन्त रोग, इसिजी सेवा, जनरल फिजिसिएन सेवा प्रदान गरिएको थियो । उक्त शिविर कार्यक्रमको कार्यक्रम सम्योजक जेसि सुधिर दाहाल रहनुभएको थियो ।