लक्ष्मण बिसि,पर्वत-पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । जेसिज पर्वतका पुर्व अध्यक्षहरु लगायत जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितमा पर्वतको अर्मादीमा उक्त कार्यक्रम सनिबार सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष तथा पर्वत जेसीजका पुर्व अध्यक्ष बिनोद कुमार श्रेष्ठले साधारणसभाको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको लगनशीलता र सामाजिक कार्यमा जेसिजको गारिमा उच्च रहेको बताउनुभयो ।
पारिवारिक भेटघाट तथा आत्मियताको लागि साधारणसभासँगै बनभोज कार्यक्रमको आयोजना गरिएको पर्वत जेसिज(बर्ष-२०२४) का अध्यक्ष मिलन पौडेलले बताउनुभयो । विगतका केही बर्ष हुन नसकेको बनभोज कार्यक्रमलाई यो बर्ष संचालन गरेको बताउदै पर्वत जेसीज निरन्तर सामाजिक कार्यमा अग्रसर भएको उहाँले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा सबैको साथ, सहयोग र सहयोगका लागि अनुरोध गर्नुभयो ।