काभ्रे जेसीज, काभ्रे महिला र बनेपा जुनियर जेसीजको संयुक्त पदस्थापन

2022-02-02

काभ्रे जेसीज, काभ्रे महिला जेसीज, बनेपा जुनियर जेसीजको संयुक्त पद हस्तान्तरण, पुरस्कार वितरण तथा व्यक्तित्व सम्मान कार्यक्रम नेपाली कांग्रेसका नेता बद्री पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा वर्ष २०२१ का काभ्रे जेसीजका अध्यक्ष सुवास वैद्य, काभ्रे महिला जेसीज अध्यक्ष देवकी आचार्य दुलाल र जुनियर जेसीजका अध्यक्ष निर्जन गौतमले आफ्नो कार्यकालमा कोरोना भाइरसका बाबजुद पनि जेसीज मार्फत गरिएका गतिविधिहरूका बारेमा जानकारी गराउनु भएको थियो । समुदायमा जेसीज कार्यक्रम प्रभावकारी बनेको बताउँदै अध्यक्षहरूले आगामी दिनमा पनि जेसीजका माध्यमबाट धेरै कार्य गर्न सकिने बताउनु भयो । कार्यक्रममा वर्ष २०२२ का काभ्रे जेसीज अध्यक्ष संजिप मानन्धर, महिला जेसीज अध्यक्ष सुमित्रा श्रेष्ठ, जुनियर जेसीज अध्यक्ष सृष्टि शाक्यले आगामी वर्षको योजनाका बारेमा जानकारी गराउनु भएको थियो ।

पद हस्तान्तरण भए लगत्तै वर्ष २०२१ का अध्यक्षहरूलाई २०२० का अध्यक्षहरू क्रमशः रिकेश श्रेष्ठ, गभवती श्रेष्ठ र रसिक शाक्यले सुवास वैद्य, देवकी आचार्य दुलाल र निर्जन गौतमलाई भुपु क्लबमा स्वागत गर्नु भएको थियो । कार्यक्रममा शिक्षा सेवी राजेन्द्र जोशी, कानुन व्यवसायी वरिष्ठ अधिवक्ता जीवन बादे र नेपाली काँग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै स्व. राम श्रेष्ठ उत्कृष्ट जुनियर जेसीजबाट विवेक पुरी, नानीमाया जोशी उत्कृष्ट महिला जेसीजबाट मञ्जु आचार्य घिमिरे, स्व। खेम गुरुङ उत्कृष्ट सञ्चालकबाट रिकेश सैजु, राजेन्द्र जोशी उत्कृष्ट जेसीबाट सुमित मानन्धर, स्व. राम श्रेष्ठ स्मृति उत्कृष्ट कार्यक्रम संयोजकबाट विवेक पुरी, स्व. रत्नलाल मानन्धर स्मृति उत्कृष्ट सहभागिताबाट स्वरुप शाक्य, स्व. आशाकाजी वैद्य स्मृतिबाट अनुशासित सुजन महर्जन र स्व. आत्मराम आचार्य स्मृति उत्कृष्ट सहभागिताबाट जेसी मोनिका शाक्य सम्मानित हुनु भएको थियो ।

कार्यक्रममा वर्ष २०२१ का अध्यक्षहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहयोगी संघ संस्थाहरु, शाखा अध्यक्षहरू र पूर्व अध्यक्षहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य, संस्कृतविद् ज्ञानकाजी मानन्धर लगायतको सहभागिता रहेको थियो ।

JCI News Archive

Whoops, looks like something went wrong.