नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भण्डारीलाई गीतानगर जेसीजमा स्वागत

2020-07-26

नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी लालमणी भण्डारीलाई गीतानगर जेसीजले स्वागत गरेको छ ।


आइतबार एक कार्यक्रमको आयोजना गरी निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी लालमणी भण्डारी,नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रामबहादुर बोगटी एवम् क्षमता अभिवृद्धि समिति क्षेत्र 'घ' का संयोजक मोहन ढङ्गनासंग भेटघाट तथा अन्तकृया कार्यक्रम सम्मपन्न गरेको छ  ।

 

गीतानगर जेसीज वर्ष २०२० का शाखा अध्यक्ष जेसी युवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष भण्डारीले अहिलेको विषम परिस्थितिमा जेसीका युवाहरुले आफ्नो व्यक्तित्व विकासगर्ने अग्रसर रहेर काम गरेको बताउदैं कोभिड-१९ को परिस्थितिमा सबैभन्दा धेरै व्यक्तिगत क्षेत्रमा कार्यक्रम भएको बताउनुभयो ।भण्डारीले जेसीज को तलिम लाई समय अनुसार परिवर्तन गर्दै लैजानु पर्ने बताउनुभयो । 

 

वर्ष २०२० का नेपाल जेसीजका जुनियर जेसीजका संयोजक जेसी आरोग्य श्रेष्ठ, पूर्व अध्यक्ष जेसी गाविन्द आचार्य,गीतानगर जेसीजका पुर्व अध्यक्ष एवम् पूर्व राष्ट्रिय उपाध्यक्ष जेसी अशोक कोइराला,गीतानगर जेसीजका पदाधिकारी तथा साधारण सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम वर्ष २०२० का कोषध्यक्ष अर्जुन पौेडेलको स्वागत तथा वर्ष २०२० का महासचिव सन्तोष लामीछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


JCI News Archive