Road Behavior (Traffic Rule) सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।
JCI Suddodhan बर्ष २०२४ का अध्यक्ष जेसि रुपा पराजुली डुम्रेको Plan of Action अनुसार मार्च महिनामा गर्ने गरि तय गरिएको सामुदायिक क्षेत्र अन्तर्गतको कार्यक्रममा नेपाल जेसीजको 100 % Efficiency को सर्कुलेसन अनुसार Road Behavior (Traffic Rule) सम्बन्धि प्रशिक्षण कार्यक्रम JCI Suddodhan ले ड्रीम भिजन स्कुल अफ फर्साटिकर सङ्ग Collaborate गरि बिद्यालयका विद्यार्थीहरुलाइ प्रदान गरेको छ। ड्रीम भिजन स्कुल अफ फर्साटिकरको एसेम्ब्लि हलमा १५० जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवल कि इन्स्पेक्टर शोभा पाण्डेले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका नेपाल जेसिजका Chief Adviser to BOD तथा ड्रीम भिजन स्कुल अफ फर्साटिकरका कार्यकारी निर्देशक जेसि चुडामणि डुम्रेले प्रशिक्षण कार्यक्रमको सफलताको सुभकामना ब्यक्त गर्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले सदैब स्थान पाउने कुरामा जोड दिनुभयो ।
अध्यक्ष जेसी रुपा पराजुलीले कार्यक्रमका प्रमुख अतिथि , प्रशिक्षक एवम सहभागीहरुको गरिमामय उपस्थिति प्रती आभार एवम कृतज्ञता प्रकट गर्नु भएको थियो। कार्यक्रमको सम्योजन साखाका VP तारा पाण्डेले गर्नु भएको थियो ।