पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न 2080-10-06

2024-01-22

लक्ष्मण बिसि,पर्वत-पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । जेसिज पर्वतका पुर्व अध्यक्षहरु लगायत जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितमा पर्वतको अर्मादीमा उक्त कार्यक्रम सनिबार सम्पन्न भएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्वत जेसीज अध्यक्षीय क्लबका अध्यक्ष तथा पर्वत जेसीजका पुर्व अध्यक्ष बिनोद कुमार श्रेष्ठले साधारणसभाको अवसरमा शुभकामना व्यक्त गर्दै युवाहरूको लगनशीलता र सामाजिक कार्यमा जेसिजको गारिमा उच्च रहेको बताउनुभयो ।

पारिवारिक भेटघाट तथा आत्मियताको लागि साधारणसभासँगै बनभोज कार्यक्रमको आयोजना गरिएको पर्वत जेसिज(बर्ष-२०२४) का अध्यक्ष मिलन पौडेलले बताउनुभयो । विगतका केही बर्ष हुन नसकेको बनभोज कार्यक्रमलाई यो बर्ष संचालन गरेको बताउदै पर्वत जेसीज निरन्तर सामाजिक कार्यमा अग्रसर भएको उहाँले बताउनुभयो । कार्यक्रमलाई सफल बनाउन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा सबैको साथ, सहयोग र सहयोगका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा पुर्व अध्यक्षको तर्फबाट पर्वत जेसिजका पुर्व अध्यक्ष वसन्त कुमार कर्माचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा पर्वत जेसिजका पुर्व अध्यक्ष निर्मल विश्वकर्मा,  पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपि अधिकारि,शिवालय बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष हरिओम शर्मा लामिछाने,पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, जेसीजका विभिन्न पदाधिकारी तथा सदस्यहरु पत्रकार लगायतको उपस्थित रहेको थियो । सोही कार्यक्रमका अवसरमा जेसीज पर्वतका सदस्य मुना शर्मा लामिछानेलाई वैदेशिक यात्राका लागि शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा घैटो फुटाइ प्रतियोगितामा सुनिता पौडेल आचार्य प्रथम हुनुभयो भने म्युजिकल चियर प्रतियोगितामा बसन्त बास्तोला प्रथम हुनुभएको छ । प्रतियोगितामा प्रथम हुनेलाई अध्यक्षले पुरस्कार प्रदान गर्नुभएको थियो । पर्वत जेसिज-२०२४ का अध्यक्ष मिलन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, कार्यक्रम संयोजक तथा उपाध्यक्ष मन्जु शर्माको स्वागत मन्तव्य र कार्यक्रमको संचालन महासचिव अमृत प्रसाद पोख्रेलले गर्नुभएको थियो ।



JCI News Archive