देवघाटधाम जेसीजको २०२४ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न

2024-01-10
देवघाटधाम जेसीजको पदहस्तान्तरण कार्यक्रम सम्पन्न देवघाटधाम जेसीजले मिति२०८०-९-२० गते बिहान १० बजे तोकिएको समय भित्र नै कार्यक्रमसुरु गरि बर्ष २०२४ को लागि निर्बाचित अध्यक्ष जेसी रघु मल्ललाई पदभार हस्तान्तरण गरिएको छ। सो कार्यक्रममा नेपाल जेसीज बर्ष २०२४का लागि निर्बाचित अध्यक्ष jci sen. रबिन पोख्रेल,निरुपित कार्यकारिणि उपाध्यक्ष sen. अनुप सुनार, निरुपित उपाध्यक्ष जेसी स्वोप्ना भण्डारी लगाएत प्रमुख अतिथिको भुमिकामा गण्डकी प्रदेशका माननिय श्री फडिन्द्र देबकोटाको उपस्थिति रहेको थियो। बर्ष २०२३ का अध्यक्ष जेसी बिष्णुहरि सापकोटा "क्षितिज " ले आफ्नो कार्यकालमा "समाजका लागि नेतृत्व" भन्ने मुल भाबमा रहेर गर्नुभएको कार्यक्रमले समाजलाई जेसीज चिनाउन प्रभाबकारि भुमिका खेलेको बताउदै गाउ पालिका अध्यक्ष श्री तिल बहादुर थापाले बधाई तथा धन्यवाद दिनुभएको थियो । सोहिकार्यक्रममा पालिका उपाध्यक्ष श्री भुबन सि. गुरुङ ले महत्त्वपूर्ण कार्यक्रमका साथ आफ्नो कार्यकाल सम्पन्न गर्नुभएकोम आफु निक्कै खुसि रहेको जनाउदै बर्ष २०२४ को अध्यक्ष ज्यु सङ सङै हातेमालो गर्दै अगाडि बड्ने जानकारि गराउनु भयो। कार्यक्रमको मध्य सत्रमा २०२४ का रास्टृय अध्यक्ष सिनेटर रबिन पोख्रेलले कार्य बेस्तताका कारण छोटो मन्तव्य राख्दै आफ्नो कार्यकालमा कम्तिमा युबा बिदेशिनबाट रोक्न तालिमका माध्यम बाट युबामैत्री कार्यक्रम सन्चालन गर्ने जानकारि गराउदै देवघाटधाम जेसीजले नया नेतृत्व प्राप्त गरेकोमा शुभकामनाका मन्तव्य सहित बिदा हुनुभएको थियो। कायक्रममा निरुपित कार्यकारिणि उपाध्यक्ष, निरुपित उपाध्यक्ष स्वपना भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो। सो दिन अध्यक्ष पोख्रेलको पुर्ब निर्धारित ३ ओटा साखामा कार्यक्रम रहेको थियो। यसै बिच ,कार्यक्रममा प्रमुख अतिथि माननिय देवकोटाले युबाहरुको नेतृत्व क्षमता बिकासमा जेसीजले महत्त्वपूर्ण भुलिका खेलेकोमा नेपाल जेसीजलाई धन्यवाद बेक्त गर्दै आफु येस्ता युबा मैत्री कार्यक्रममा सहभागि हुदा अत्याधिक उर्जा पैदाहुने जानकारि दिनुभएको थियो। मन्तव्यको क्रममा देवघाटधाम जेसीजलाई आगामि दिनमा प्रदेश स्तरिय युबा मैत्री कार्यक्रम उपलब्ध गराउन आफुले सक्दो प्रयास गर्ने बचन बद्द्ता राख्दै कार्ययोजना बनाएर आउन समेत अनुरोध गर्नु भएको थियो। कार्यक्रममा स्थानिय समुदाय विभिन्न छिमेकी साखाका साखा अध्यक्ष तथा प्रतिनिधि ज्युहरु लगाएत २४१ जनाको सहभागिता रहेको थियो।
JCI News Archive

Whoops, looks like something went wrong.