Memory test and Quiz competition

2024-02-20

मिति २०८० फागुन ०७ गतेका दिन कमलनगर जेसिजको आयोजनामा अग्नि प्रसाद खरेल तथा मनमाया खरेल स्मृती प्रतिष्ठानको प्रायोजनमा कमल गाउँपालिका स्तरीय आधारभुत तहमा अध्ययनरत विद्यार्थीहरुका लागि कक्षा १ देखि ५ सम्म Memory Test र कक्षा ६ देखि ८ सम्मका लागि हाजिरीजवाफ  प्रतियोगिता  कार्यक्रम-कमलनगर जेसीज वर्ष २०२४ का अध्यक्ष जेसि देवी प्रसाद दाहाल ज्युको अध्यक्षतामा श्री कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालय, कमल-२क्याम्पाको सभाहलमा  सम्पन भएको छ। उक्त कार्यक्रममा  प्रमुख अतिथी कमल गाउँपालिका  श्रदेय् उपाध्यक्ष श्री प्रमिला न्याैपाने तिवारी ज्यु रहनुभएको थियो भने कार्यक्रमको संयोजक कमलनगर जेसीज वर्ष २०२४ का जन-सम्पर्क अधिकारी जेसी मनिषा कठायत ज्यु रहनु भएको थियो l

उक्त कार्यक्रममा सहभागी हुन कमल गाउँपालिकामा रहेका सामुदायिक तथा निजी  विद्यालयहरू मध्ये १४ वटा विध्यालयका विध्यार्थीहरु सहभागी हुनुभएको थियो । हाजिरिजवाफको सहजकर्ता कमलनगर जेसीजका पूर्व अध्यक्ष जेसी नारायण बस्नेत ज्युले संचालन गर्नु भएको थियो। हाजिरजवाफ प्रतियोगितामा जम्मा ८६ ओटा प्रस्नहरू सोधिएको थियो भने Memory Test मा २० प्रस्नहरू सोधिएको थियो।

आजको कार्यक्रमको हाजिरिजवाफ तर्फ प्रथम स्थान हासिल गर्ने श्री कमला मदन आश्रित स्मृती मा:वि बिद्यालय ,दोस्रो हुने श्री निहारिका बोर्डिङ्ग स्कुल  र तेस्रो हुने श्री मंगलमय मा:वि  रहेको थियो । 

 Memory Test तर्फ पहिलो हुने बिद्यालय श्री मंगलमय मा:वि रहेको थियो भने दोस्रो सरस्वती मा:वि बिद्यालय र तेस्रो कमल मदन आश्रित स्मृती मा:वि रहेको थियो । हाजिर जवाफ र  Memory Test प्रतियोगीतामा प्रथम,द्वितीय र तृतीय हुन सफल भएको लाई मेडल ट्रफि प्रमाण पत्र पुरस्कार रहेकाे थियो भने Memory Test ma प्रथम द्वितीय तृतीय हुनु हुने लाई १५००,१००० र ५०० रहेको थियो हाजिर जवाफ प्रतियोगितामा प्रथम द्वितीय तृतीय हुनु हुने लाई ४५००,३००० र १५०० रहेको थियो। कमलनगर जेसीजको निमन्त्रणलाई स्वीकार गरि पाल्नुहुने सम्पुर्ण बिद्यालयका शिक्षक , प्रधानाध्यापक, विद्यार्थी सबै अतिथि ज्युहरू प्रति हार्दिक आभार प्रकट गर्दछौ र अग्नि प्रसाद खरेल तथा मनमाया खरेल स्मृती प्रतिष्ठानले कार्यक्रमको लागि मेडल र ट्रफि प्रायोजन गरीदिनु भएकोमा यो स्मृति प्रतिष्ठान लाई पनि विशेष आभार प्रकट गर्दछौ । धन्यवाद जय जेसीज

जेसी रोशन महा

सचिव वर्ष २०२४  अधिकारी 


               जेसी देवीप्रसाद दाहाल 

                अध्यक्ष वर्ष २०२४

                                                             एवम् कमलनगर जेसीज परिवार

JCI News Archive