Being an active citizen follow Traffic Rules

2022-04-13

गैंडाकोट जेसीजको आयोजनामा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदानप्रदान तथा ट्राफिक सचेतना र बोर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज इलाका प्रहरी कार्यालयमा गैंडाकोट जेसीजका अध्यक्ष शंकर अधिकारीले ट्राफिक प्रहरी कार्यालय गैंडाकोटका प्रमुख पुर्ण बहादुर अधिकारीलाइ ट्राफिक सचेतना र बोर्ड हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले ट्राफिक नियमको पालना गर्नु सबै नागरिकको कर्तव्य भएकाले यसको शिक्षा सबै नागरिक समक्ष पुर्याउन जेसीजले समन्वयकारी भुमिका खेल्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गैंडाकोट जेसीजका अध्यक्ष अधिकारीले सचेत नागरिकको हैसियतले जेसीजले आगामी दिनमा ट्राफिक प्रहरीसंग समन्वय गरेर कार्यक्रम गर्ने बताउनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र गैंडाकोटकी अध्यक्ष कमला गुरुङले ट्राफिक शिक्षा सबैले जान्नै पर्ने शिक्षा भएकाले जेसीजले यस्तो कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेपाल जेसीज र नेपाल प्रहरी विच समन्वय र साझेदारीमा कार्यक्रम गर्ने शाखा मा गैंडाकोट जेसीज पहिलो भएको पनि गैंडाकोट जेसीजका अध्यक्ष अधिकारीले सगुनपोष्टलाइ जानकारी दिनुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी संगै गैंडाकोट जेसीजका पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक रमेश कोइरालाले जानकारी दिनुभयो । औपचारिक कार्यक्रम पश्चात ट्राफिक प्रहरी तथा जेसीजका सदस्यहरुले राजमार्गमा हिड्ने सवारी चालक तथा अन्य यात्रुहरुलाइ सचेतना पम्प्लेट वितरण गरिएको गैंडाकोट जेसीजका महासचिव रोजन घिमिरेले जानकारी दिनुभयो ।

JCI News Archive