जेसीआई बुटवल एकेडेमी सम्पन्न, पब्लिक स्पिकरको उपाधि सृजनलाई

2018-11-25

 बुटवल  । बुटवल जेसीजले सञ्चालन गरेको जेसीआई बुटवल एकेडेमी शनिबार सम्पन्न भएको छ । कार्तिक २९ गतेबाट शुरु भएको कार्यगत तालिममा नेतृत्व र व्यक्तित्व विकासका सम्बन्धमा प्रशिक्षण दिईएको थियो । एकेडेमीबाट बुटवलका १० वटा कलेजबाट छानिएका ३९ जना युवाहरु दिक्षित भएका छन् । एकेडेमीका प्रमुख प्रशिक्षक जेसी रमेश अर्याल, प्रशिक्षकहरु जेसी राजेन्द्र बहादुर जि. सी. र जेसी दिनेश खड्काले प्रशिक्षण दिनुभएको थियो । 


दिक्षित समारोहमा बोल्दै नेपाल जेसीजका अध्यक्ष सिनेटर श्रीधर बस्यालले राष्ट्रको सपना पूरा गर्नका लागि पहिले हरेक व्यक्तिले आफ्ना सपनाहरु पूरा गर्ने वातावरणको सृजना हुनुपर्नेमा जोड दिनुभयो ।  बुटवल जेसीजका अध्यक्ष जेसी यम प्रसाद तिवारीले  जेसीअाई बुटवल एकेडेमी वर्ष २०१८ को महत्वपुर्ण कार्यक्रम भएको बताउँदै  तालिममा सिकेका कुरा ब्यवहारमा लागु गर्न सहभागीहरुलाई आग्रह गर्नु् भयो । समापन कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष सिनेटर राजेन्द्र घिमिरेले जेसीजले युवाहरुको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउदै यसलाई निरन्तरता दिने बताउनुभयो । 

कार्यक्रममा बुटवल जेसीजका महासचिव जेसी चन्द्रमणी भुषाल, पूर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डे, अध्यक्ष सल्लाहकार जेसी राजीव गौतम, पब्लिक स्पिकर संयोजक जेसी आविष्कार खनाल, प्रशिक्षर्थी सरस्वती शर्मा लगायतले बोल्नुभएको थियो ।  

यसैबीच, एकेडेमी अन्तरगत सञ्चालित पब्लिक स्पिकर बुटवल २०१८ को उपाधि एम्स कलेजका सृजन मल्लले हात पारेका छन् । त्यस्तै दोस्रो स्थान बुटवल बहुमुखी क्याम्पसकी ज्योती रेग्मी, तृतीय स्थान क्षितिज कलेजका प्रोमिस बान्तवा राई तथा अक्सफोर्ड कलेजका संगम न्यौपाने र मणिमुकुन्द कलेजका सविन पाठकले प्रोत्साहन स्थान प्राप्त गरेका छन् ।
सोही समारोहमा विभिन्न विद्यामा उत्कृष्ट हुने प्रशिक्षर्थीहरुलाई पुरस्कृत गरिएको थियो । 

यसअघि शनिबार बिहान पश्चिय क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलसँगको सहकार्यमा ट्राफिक सचेतना अन्तरगत हर्न निषेध ¥याली निलकालिएको थियो ।  त्यस्तै, बुटवल जेसीजका पूर्व अध्यक्षहरुसँग भएको अन्तरक्रिया कार्यक्रम अन्तरगत जेसी नवराज श्रेष्ठ र सिनेटर प्रदिप उदयसँग एकेडेमीका सहभागीहरुले आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममको सञ्चालन पूर्व अध्यक्ष सिनेटर राजु पौडेलले गर्नुभएको थियो ।

कल्चर शोमा थामिएन् आँशु

एकेडेमीमा सहभागीहरुले अन्तिम दिन  कल्चर शो मा स‌ंस्कार र सभ्यता बचाउनु पर्ने सन्देश सहितका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । सहभागीहरुको आत्मविस्वास बढाउन राखिएको कल्चर शो मा पाँच वटा समुहले मौलिकतालाई बचाउनु पर्ने, आधुनिक युगमा युवा पुस्ताले आफ्ना पुर्खाको सभ्यता र स‌ंस्कार बुझ्नु पर्ने लगाएताका प्रस्तुतीहरु दिएका थिए भने छोरा र छोरी विच अझै पनि विभेद रहेको बताउँदै वुवाआमालाई छोरीले पनि पाल्न सक्ने सन्देश दिएका थिए । यस्तै बैदेशिक रोजगारीका कथाब्यथा निकै कलात्मक ढङबाट प्रस्तु भएका थिए । ति प्रस्तुतीबाट उत्कृष्ट सहभागी छनाेट गर्न निर्णायकको रुपमा रहनु भएका बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक जेसी अोमप्रकाश अर्याल, बुटवल जेसीजका पदाधिकारी लगाएत हलमा उपस्थित सवै जनाको आँखामा  थामिएको थिएन ।  बोल मायाँ बोलको गीतमा प्रस्तुती दिदाँ सहभागीहरु पटक पटक भक्कानिएका थिए ।




JCI News Archive