विराटनगर जेसीजद्वारा होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न l

2025-03-18

विराटनगर जेसीजले चैत १, २०७१ (मार्च १५, २०२५) शुक्रबार भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जेसीज सदस्यहरू, जुनियर जेसीज परिवार तथा विराटनगर जेसीजका पूर्व अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम आपसी सद्भाव, रंग र खुसीले भरिएको रमाइलो वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रमको विशेष आकर्षणको रूपमा विराटनगर जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर घनश्याम राठीलाई “महामूर्ख” सम्मान पत्र द्वारा सम्मान गरिएको थियो। उहाँलाई यस विशेष सम्मानकालागि बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसीजका पूर्व अध्यक्ष जेसी गोपाल गुप्ता रहनुभएको थियो। विराटनगर जेसीजका अध्यक्ष जेसी प्रितेश राज दाहालज्युले सम्पूर्णलाई होली पर्वको शुभकामना व्यक्त गर्नु भयो ।

सबैलाई होली पर्वको रंगीन शुभकामना !
JCI News Archive