मिति २०८२ बैशाख १५
वालिङ जेसीजमा २०८२ सालको वार्षिक भित्तेपत्रो विमोचन कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८२ बैशाख १४ गते वालिङ जेसीजका अध्यक्ष जेसी संदिप कंडेलकाे अध्यक्षतामा वालिङ नगरपालिका वडा नं ८ मा रहेको केदारनाथ मन्दिरमा सम्पन्न साे कार्यक्रमकाे प्रमुख अतिथि वालिङ नगरपालिका वडा नं ८ मा रहेको केदारनाथ मन्दिरका भागवतलाङ्कार पं नेत्र प्रसाद पराजुली व्यानर वाचन गरि कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो साथै उक्त कार्यक्रममा वालिङ जेसीजका पुर्व अध्यक्ष जेसी देव बोगटी र ध्रुव पंगेनी र वालिङ जेसीजका संस्थापक कार्यकारीणी अध्यक्ष जेसी पदम प्रसाद पाण्डे लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संयाेजक तथा कार्यक्रम संचालक महासचिव जेसी भानुभक्त आचार्यले स्वागत सहित कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष जेसी विष्णु पंगेनीले कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियो भने जेसीज आस्थापाठकाे अगुवाइ उपाध्यक्ष जेसी श्रीराम लम्सालले गर्नुभएको थियोे । वालिङ जेसीजका महासचिव जेसी भानुभक्त आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथिले वालिङ जेसीजद्धारा आयोजित भित्तेपात्रो विमोचन कार्यक्रमा वालिङ जेसीजले यही २०८१ साल फागुन २१ देखि चैत्र ३ गतेसम्म वालिङ खेलमैदानमा भएको प्रथम पिंक सिटी महोत्सवमा वालिङ जेसीजले महत्वपूर्ण भूमिका खेलेको साथै यही मिति २०८२ साल बैशाख १७ देखि सञ्चालन हुने महायज्ञमा समेत वालिङ जेसीजको सहकार्य अपरिहार्य भएको भन्दै कार्यक्रममा सुभकामना व्यक्त गर्नुभएको थियो साथै वालिङ जेसीजका अध्यक्ष जेसी संदिप कंडेलले उक्त कार्यक्रममा जेसीजले व्यक्तित्व र नेतृत्व विकासमा सदैव क्रियाशील भइ कार्य तथा विभिन्न कार्यक्रमहरु संचालन तथा समन्वय गर्ने भन्दै कार्यक्रम समापन गर्नुभएको थियो ।