रक्तदान जीवन दान भन्ने मुल भाव बोकि लमही जेसीजको जेसीज सप्ताहको दोस्रो दिन आज ब्लड डोनेसन कार्यक्रम मा ३९ जनाले ब्लड डोनेसन गर्नुभएको छ । ब्लड बैंक घोराही का प्रमुख दिलिप न्यौपाने ज्यु को प्रमुख आतिथ्यता, नेपाल जेसीजका ट्रेनिङ कमिसनका जेसी वीर सिंह महरा,लमही जेसीजका शाखा पदाधिकारीहरु, पुर्व अध्यक्षहरु, प्रा वि असानीका प्रधानाध्यापक ज्यु को आतिथ्यतामा सुसम्पन्न कार्यक्रममा स्वागत मन्तव्य आजको कार्यक्रमको सम्योजक जेसी कविराज पोख्रेलले गर्नुभएको थियो ।लमही जेसीजका पुर्व अध्यक्ष बिनोद कुमार पाण्डे, नेपाल जेसीजका ट्रेनिङ कमिसनका जेसी वीर सिंह महरा र प्रमुख अतिथी दिलिप न्यौपाने ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लमही जेसीज बर्ष 2020 कि अध्यक्ष जेसी सपना पाण्डेय को सभाध्यक्ष मा भएको कार्यक्रम को सन्चालन लमही जेसीज बर्ष 2020 का महासचिव जेसी जय प्रकाश पौडेल ले गर्नुभएको थियो ।