मिति २०८१ साल चैत्र ७ गते तद\ अनुसार २० मार्च २०२५ बिहिवारका दिन तथा नेपाल
जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् लहान सिटी जेसीजका लागि निरुपित
राष्ट्रिय उपाध्यक्ष जेसी सुमित्रा भट्टराईज्यूको शाखा अवलोकनको अबसरमा लहान सिटी जेसीजद्वारा
आयोजित निरुपित राष्ट्रिय उपाध्यक्षको स्वागत तथा सम्मान कार्यक्रम लहान सिटी
जेसीज वर्ष २०२५ का डायनामिक लिडर शाखा अध्यक्ष जेसी देवन लाल ठाकुरज्यूको
अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष एवम् लहान सिटी
जेसीजका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी सुमित्रा भट्टराईज्यूको प्रमुख
आतिथ्यतामा लहान न.पा. स्थित लहान चुलो थकाली होटलमा कार्यक्रम भव्य र सभ्य रूपमा
सम्पन्न भयो । कार्यक्रममा लहान सिटी जेसीजका बोर्ड पदाधिकारीज्यूहरु, पुर्व
अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियात्मक सेसनमा बोर्ड पदाधिकारीहरुबाट
आएका बिभिन्न जिज्ञासाहरुको सम्बोधन प्रमुख अतिथिज्यूले गर्नु भएको थियो । त्यस्तै
शाखाको प्रतिबेदनको प्रस्तुतीकरण महासचिवज्यूले गर्नुभएको थियो भने शाखाको आगामी कार्यक्रमहरूको
प्रस्तुतीकरण अध्यक्षज्यूले गर्नु हुदै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद
ज्ञापन गर्नु भयो । कर्यक्रमको संयोजकत्व
कार्यकारीणी उपाध्यक्ष जेसी शैगेंद्र साहज्यूले गर्नुभएको थियो भने कार्यक्रमको
संचालन महासचिव जेसी बमचन्द्र चौधरीज्यूले गर्नुभएको थियो ।