२०७७ वैशाख ३१, दाङ । विश्वव्यापी फैलिएको कोरोनाको दोस्रो लहरका कारण जिल्लामा उत्पन्न रक्त अभावलाई कम गर्न जेसीआई त्रिभुवननगरको आयोजनामा जेसीआई सचिवालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जेसीआई त्रिभुवननगर बर्ष २०२१ का अध्यक्ष जेसी मुकेश्वर शर्माको अध्यक्षता एवं नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो । कार्यक्रमको संयोजक जेसी विपिन पाण्डेय हुनुहुन्थ्यो भने कार्यक्रममा १३ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । रक्तदान कार्यक्रम जेष्ठ २ गते पनि हुने अध्यक्ष मुकेश्वर शर्माले जानकारी दिनुभएको छ ।