देवघाट, मंसिर
देवघाटधाम जेसीज बर्ष २०२५ को लागि अध्यक्षमा जेसी प्रशन्न ढकाल निर्बिरोध निर्वाचित भएका छन् ।
आइतबार देवघाट स्थित नमस्ते गार्डेन रिसोर्टमा भएको देवघाटधाम जेसिजको तेस्रो अधिवेशबाट वर्ष २०२४ का महासचिव ढकाल वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् । सो अधिवेशनबाट जेसीजको कार्यकारिणी उपाध्यक्षमा माधब न्यौपाने र रक्षा कार्की निर्वाचित भएका छन भने कानुनी सल्लाहकारमा जेसी करिस्मा गुरुङ, महासचिवमा जेसी अर्जुन सुवेदी, कोषाध्यक्षमा जेसी सुजन गुरुङ मनाेनित भएकाछन् ।
यसै गरी उपाध्यक्षहरुमा जेसी प्रद्मुम्न प्याकुरेल, जेसी सुस्मा गुरुङ, जेसी डा. सम्राट अधिकारी, जेसी अमृत सुवेदी तथा निर्देशकहरुमा जेसी अर्जुन सापकोटा, जेसी सन्तोष सुवेदी, जेसी सन्देश पौडेल र जेसी कर्ण बहादुर गुरुङ निर्वाचित भएका छन् ।