लेटाङ जेसीज वर्ष २०२४ को पहिलो कार्यक्रम अन्तर्गत "युवासँग जेसीज with Bharat Guragain `barbarik´motivation program" लेटाङ ग्रीन भ्याली एकाडेमी र लेटाङ क्याम्पसमा लेटाङ जेसीज आयोजना गरेको छ । विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई प्रष्फुटन गर्दै सकारात्मकतातर्फ अगाडि बढाउनु रहेको थियो । सो कार्यक्रम अन्तर्गत कलेजमा अध्ययनरत विद्यार्थीहरूमाझ नाट्यकर्मी साहित्यकार भरत गुराँगाईज्यूद्वारा आफ्ना उत्प्रेरक भनाइहरू राख्दै गजल र कविता पनि प्रस्तुत गर्न भएको थियोे । कार्यक्रमलाई सहजीकरण गरि दिनु हुने क्याम्पस प्रमुख रामप्रसाद बरालज्यू साथै ग्रीन भ्याली एकेडेमी स्कुलका प्र.अ. किरणदीप राईज्यू र स्कुल इन्चार्ज सुरेन्द्रजङ्ग राईज्यूलाई विशेष आभार प्रकट गर्दछौं ।
लेटाङ जेसीज परिवार वर्ष 2024