जेसीआई त्रिभुवननगरले बजार क्षेत्रको भीडभाड हुने ठाउँमा करीब १३००० लिटर किट्नासक औषधी छर्केकाे छ । काेराेना भाइसरकाे सन्त्रासका बजारका भीडभाड क्षेत्रमा
औषधि छिटिएकाे हाे । यस कार्यका लागि डी एन ग्यास सप्लायर्स लमही, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, घोराही उपमहानगरपालिका वार्ड न. १५ ,१४ , वडा प्रहरी कार्यालय घोराही लगायत सहयोग रहेकाे जेसीआइ त्रिभुवननगरका महासचिव मिनराज भाटले जानकारी दिनुभयाे । काेभीड-१९ पछि लागू भएकाे लकडाउनका कारण उत्पन्न विषम परिस्ठितिमा जेसाआइ त्रिभुवननगरले विविध सामाजिक क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । कि मानवताको सेवा नै जीवनको सर्वाेत्तम कार्य हो भन्ने जेसीज मुल मर्मलाई आत्मसाथ गर्दै अग्रपंक्तिमा रहेर काम गरिरहेको जेसीआई त्रिभुवननगरले आफ्नै सचिवालय भवनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा आइसोलेसन वार्ड समेत बनाइसकेको छ ।