दमक नगरपालिकाको प्रमुख सरंक्षकत्वमा रहेको श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले 'सदाका लागि, सबैका लागि' ऐतिहासिक श्री कृष्णको रथ दनगरीमा परिक्रमा गराउने कार्य २०८१ साल भदौ १० गते श्रीकृष्ण जन्माष्टमी पर्व हर्ष उल्लासका साथ मनाई भदौ ११ गते मंगलबारका दिन दमक नगर परिक्रमा गरी भगवान श्रीकृष्णको रथ यात्रा राधाकृष्ण मन्दिर दमक-७ बाट सुरु भई, हनुमान मन्दिर, पशुहाट, महेन्द्र राजमार्ग हुँदै दमक चौकलाई परिक्रमा गरी फर्निचर लाईन, पशुपति मन्दिर, शंखधरचोक, आइ. एम. ओ. रोड, भृकुटी चोक, भानुभक्त चोक, फाल्गुनन्द चोक, दमक न.पा, हुँदै राधाकृष्ण मन्दिरमा सम्पन्न, रथयात्रामा दमक जेसिजबाट सिनेटर,पूर्व अध्यक्ष,बोर्ड २०२४, जेसिज सदस्य ज्यू हरुको उपस्थितिमा स्वयंसेवक परिचालन र सहभागिता रहेको थियो, उक्त कार्यक्रममा सहभागिहरु लाई दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।