भीरकोट जेसीज द्धारा बिपतमा हामि अभियान सुरु

2021-05-08

कोरोना नयाँ भेरियन्ट सहितको संक्रमणवाट देशका विभिन्न जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । संक्रमणको दर दैनिक वढिरहेको अवस्थामा देशका साना तथा ठूला सहर बजारमा रहेका अस्पतालमा विरामीको उपचारका लागि वेडको अभाव हुनुका साथै विरामीलाई अक्सिजनको समेत अभाव भइरहेको छ ।

माहामारीको कारण अन्य जिल्लाहरुमा जस्तै स्याङ्जा पनि प्रभावित वन्न पुगेको छ । जिल्लाका ११ वटा पालिकाले महामारी नियन्त्रणका लागि र विरामीको उपचारको लागि हर सम्भव पहल गरिराखेका छन् । पालिका मात्र नभई जिल्लामा क्रियाशिल सामाजिक संघ संस्थाहरु पनि मानवीय सेवामा सक्रिए भएर लागेको पाइएको छ ।

माहामारी नियन्त्रणका लागि भिरकोट नगरपालिकामा भीरकोट जेसीजले सन्चालन गरेको विपतमा हामी अभियान साँच्चै उदाहारणीय वन्दै आइरहेको छ । १८ वर्ष देखि ४० वर्ष सम्मका यूवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि स्थापित जेसीजले विभिन्न समयममा आइपर्ने विपतका वेला समुदायको सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

कोरोना महामारीको सुरुवातीमा राहत, उद्दार र सचेतना जस्ता कार्यक्रम सन्चालन गर्दै समुदायमा उत्कृष्ट कार्य गरेको भीरकोट जेसीजले यस वर्ष नयाँ भेरियण्ट सहितको कोरोना माहामारी नियन्त्रण र व्यवस्थापनमा युवाहरुको क्रियाशिलता पनि उत्तिकै प्रभावकारी वनेको छ ।

विपतका वेला मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र हामी जेसीजमा लागेका यूवाहरुले विर्सन नहुने भन्दै समाजप्रति आफूहरु उत्तरदायीत्व हुनुपर्छ भनेर यसपटक विपतमा हामी अभियान सन्चालन गरेको भीरकोट जेसीजका अध्यक्ष प्रशुन मगरले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको दर उच्च छ विरामीहरु गाँउमै उपचार नपाएर वा अस्पतालको सेवा नपाएर दु:ख पाउन नपरोस साथै जेसीजले स्थानीय सरकारले संक्रमण नियन्त्रणका लागि गरेको निर्णयलाई कार्यन्वयनका लागि सहयोगी भूमिका निर्वाह गर्न र दु:खमा परेका जो कोहीलाई राहत र उद्दारका लागि जेसीजले अभियान सन्चालन गरेको उनले वताए ।

भीरकोट जेसीजले अभियान अन्तरर्गत नगरपालिकामा जनचेतनाका लागि माक्स तथा सेनीटाइजरको प्रयोग, सामाजिक दुरी कायम, अत्यावश्यक वाहेक घर वाहिर ननिस्कन आग्रह गर्दे घर घरमा पोस्टर तथा पर्चा वाड्दै हिडेको छ । भने विपतको जुनसुकै अवस्थामा जेसीजलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ । विरामीलाई अस्पताल सम्म पुर्‍याउन तथा राहत र उद्दारको कार्यमा लागिरहेको भीरकोट जेसीजका महासचिव कृष्णप्रसाद अर्यालले जानकारी दिए ।


JCI News Archive