धुलाबारी जेसिज द्वारा रक्तदान कार्यक्रम

2022-02-08

धुलाबारी जेसीज,  मिति २०७८ माघ महिनाको २५ गते मगलबारको दिन धुलाबारी जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ |

हरेक बर्ष आफ्नो स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको धुलाबारी जेसीजले भने यो बर्ष स्थापना दिवस भन्दा केहि महिना अगाडीनै रक्तदान कार्यक्रमको आयोजना गरेको हो | झापामा बढ्दो रगत अभावलाई मध्या नजर गर्दै धुलाबारी जजेसीजले रक्तदान कार्यक्रमको आयोजना गरेको कुरा धुलाबारी जेसीजका अध्यक्ष रबिन्द्र पाठकले बताएका छन् | धुलाबारी चोक स्थित कृषि बिकास बैक लिमिटेड को प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान को ८ बजे सुरु भएको थियो र कार्यक्रममा २८ जना ले रक्तदान गरेका थिए | 

नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला समितिको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल रेडक्रस सोसाइटीका झापाको जिल्ला अध्यक्ष लोकराज ढकाल रहेका थिए भने मेचीनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तथा नेपाली कांग्रेस मेचीनगरका सभापती सुवेश कुमार पनेरु विशिस्ट अथिति रहेका थिए | कार्यक्रममा इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर बिकास राई, अर्जुनधारा जेसीजका अध्यक्ष भिम बहादुर कुँवर, चारआली जेसीजका अध्यक्ष बिर बहादुर बेघा, मेचिनगर लेडी जेसीजकी अध्यक्ष सिता पुरी, धुलाबारी जेसीज भूतपूर्व अध्यक्ष क्लबका अध्यक्ष दिनेश शाक्य लगायत धुलाबारी जेसीजका पुर्व अध्यक्षहरु अतिथिका रुपमा उपस्थित थिए | कार्यक्रममा नेपाल जेसीजाका राष्ट्रिय उपाध्यक्ष राजिब प्रसाई,  धुलाबारी जेसीज भूतपूर्व अध्यक्ष क्लबका अध्यक्ष दिनेश शाक्य र प्रमुख अतिथि लोकराज ढकाल ले शुभकामना मन्तव्य राख्नुभएको थियो | 

धुलाबारी जेसीजका कम्युनिटी सेक्टरका उपाध्यक्ष उत्सव उप्रेतीको संयोजकत्वमा भएको कार्यक्रमको अध्यक्ष्यता धुलाबारी जेसीजका अध्यक्ष रबिन्द्र पाठक ले गर्नुभएको थियो भने कार्यक्रम संचालान महासचिव योगेश राजबंशी ले गर्नुभएको थियो | 

JCI News Archive

Whoops, looks like something went wrong.