पदस्थापन समारोहः

2022-04-06

लेखनाथ जेसीज वर्ष २०२२ एवं लेखनाथ जुनियर जेसीज वर्ष २०२२ का लागि नयाँ कार्य समितिको पद हस्तान्तरण कार्यक्रम तथा लेखनाथ जेसीजको २४ औं र लेखनाथ जुनियर जेसीजको १९ औ संयुक्त पदस्थापन कार्यक्रम साथै सम्मान कार्यक्रम यहि मिति २०७८ साल पुस १८ गते आइतबारका दिन पोखरा महानगरपालिका २९ स्थित सेभेन लेक रिसोर्टको सभा हलमा भव्यताका साथ सम्पन्न गरियो। उक्त कार्यक्रम नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसी लालमणी भण्डारी.ज्यूको प्रमुख आतिथ्यतामा, लेखनाथका उद्योग वाणिज्य संघका अध्यक्ष श्री छत्रधर आत्रेयको विशेष आतिथ्यतामा र पोखरा महानगरपलिका वडा न. २९ का वडाध्यक्ष श्री चेत बहादुर गुरुड्डज्युको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरिएको । कार्यक्रम विहान ९ बजे देखि सुरु गरिएको थियो । कार्यक्रम आसन ग्रहणबाट सुरुवात गरियो। सभा अध्यक्षको आसन ग्रहण लेखनाथ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी नबराज पौडेल ज्यूले गर्नु भयो। आमन्त्रीत विभिन्न व्यक्तित्वहरुलाई आसन ग्रहण स्वागत सम्मान सहित गराइयो। आसन ग्रहणलाई कार्यक्रमको बिचबिचमा जोड्ने बाचाका साथ अगाडि बढाइएको थियो । राष्ट्रिय गानका लागि कार्यक्रम संचालक जेसी चन्द्र प्रकाश ढुगांना ज्यू र जेसीज आस्था पाठ र ःष्ककष्यल, ख्ष्कष्यलका लागि लेखनाथका जुनियर जेसीज की जु.जेसी सजिना पौडेल ज्यूले अगुवाई तथा प्रस्तुत गर्नु भएको थियो भने स्वागत मन्तब्य कार्यक्रम संयोजक लेखनाथ जेसीज बर्ष २०२२का कार्यकारिणी उपाध्यक्ष जेसी मनोज बरालले राख्नुभयो । प्रमुख आमन्त्रीत व्यक्तित्व जेसी लालमणी भण्डारीज्यू ले कार्यक्रमको समुद्घाटन दिप प्रज्वलन गरेर गर्नु भयो ।
 
जु.जेसीज वर्ष २०२१ की अध्यक्ष जु.जेसी शिवानी के.सी. ज्यूले अध्यक्षको मन्तव्य दिएर .जु.जेसी वर्ष २०२१ का अध्यक्ष जु.जेसी सताब्धी लामीछाने ज्यूलाई सपथ ग्रहण गराइदिनु भएको थियो । सपथ ग्रहण लगतै.जु. जेसीजका पूर्व अध्यक्ष ज्यूहरुले जु. जेसीज २०२१ की अध्यक्ष जु.जेसी शिवानी के.सीज्यूको गलाबाट जु.जेसीज २०२२ का अध्यक्ष जु.जेसी सताब्धी लामिछाने ज्यूको गलामा जेसीज माला पहिराई दिनु भएको थियो । जु. जेसीज वर्ष २०२२ का अध्यक्ष जु.जेसी सताब्धी लामिछाने ज्यूले वर्ष २०२२ को कार्ययोजना सहित स्वीकार्य मन्तव्य दिनु भएको थियो । साथै उहाँले लेखनाथका जुनियर जेसीज वर्ष २०२२ का कार्यसमिति पदाधिकारी ज्यूहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । यस पछि लेखनाथ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी नबराज पौडेल ज्यूले आफ्नो अध्यक्षको मन्तव्य दिनु भएको थियो । साथै उहाँले आफ्ना कार्यकालका सहयोगी जेसीज सदस्यहरु, पूर्व अध्यक्ष ज्यूहरु तथा अन्य माहानुभावहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । निर्वाचन आयुक्त जेसी रोशन अधिकारीज्यूले लेखनाथ जेसीजको २३ औ शाखा अधिवेशन तथा २४ औ वार्षिक साधारण सभाबाट निर्वाचित हुनु भएका वर्ष २०२२ का पदाधिकारी ज्यूहरुको नाम घोषणा गर्नु भएको थियो भने लेखनाथ जेसीज वर्ष २०२२ का अध्यक्ष परिचयका लागि पूर्व अध्यक्ष वर्ष २०१६ का जेसी अर्जुन ओझा ज्यूले परिचय गराइदिनु भएको थियो । त्यसपछि लेखनाथ जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी नबराज पौडेलज्यूले वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूलाई सपथ ग्रहण गराउनु भएको थियो । संस्थापक अध्यक्षसहित सम्पूर्ण पूर्व अध्यक्ष ज्यूहरुले वर्ष २०२१ का अध्यक्ष जेसी नबराज पौडेलज्यूको गलाबाट जेसीज माला वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्युको गलामा पहिराईदिनु भएको थियो । यस लगतै लेखनाथजेसीज वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यूले स्वीकार्य मन्तव्य सहित प्रस्तावित कार्ययोजना प्रस्तुत गर्दै वर्ष २०२२ को कार्यसमितिलाई सपथ ग्रहण गराइदिनु भएको थियो । त्यसपछिका कार्यक्रममा सभा अध्यक्ष वर्ष २०२२ का अध्यक्ष जेसी सुजन न्यौपानेज्यू रहनु भएको थियो । विभिन्न आमन्त्रीत व्यक्तित्वहरुले कार्यक्रममा शुभकामना मन्तव्य दिनु भएको थियो । सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री छत्रधर आत्रेय,सम्पूर्ण छिमेकी शाखाहरुको तर्फबाट मातृशाखा पोखरा जेसीजका अध्यक्ष जेसी मिनराज खड्का र शाखाका पूर्ब अध्यक्षहरुको तर्फबा लेखनाथका जेसीजका संस्थापक अध्यक्ष श्री बाबुराम जमरकट्टेलज्युले शुभकामना मन्तव्य दिनुभएको थियो यस पछि जेसीज वर्ष २०२१ का अध्यक्षले आफ्ना कार्यकालमा विभिन्न तरीकाले आफुलाई साथ र सपोर्ट गर्नुहुनेजेसीज तथा नन जेसीज साथीहरुलाई अवार्ड प्रदान गर्नु भएको थियो ।
१) दिननाथ अवार्ड – जेसी प्रकाश राईभाट कार्यकारिणी उपाध्यक्ष २०२१)
२) अमृता सम्मेलन अवार्ड – श्री उत्तम भण्डारी
  प्रमुख आमन्त्रीत व्यक्तित्व नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसि लालमणी भण्डारीज्यूले प्रमुख आमन्त्रीत व्यक्तित्वको मन्तव्य दिनुभयो । त्यसपछि प्रमुख अतिथी ज्यू र अतिथी ज्यूहरुलाई मायाको प्रदान गर्नुभयो। धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन जेसीज वर्ष २०२० का अध्यक्ष जेसी चिरञ्जीवी न्यौपानेज्यूले गर्नुभएको थियो । लेखनाथ जेसीज वर्ष २०२२ का कार्यकारीणी उपाध्यक्ष जेसी मनोज बरालज् संयोजक रहनु भएको थियो भने लेखनाथ जेसीज बर्ष २०२१का महासचिव जेसी चन्द्र प्रकाश ढुगांनाज्यूले संचालन गर्नुभएको यस कार्यक्रममा ११० जना व्यक्तिको उपस्थिती रहेको थियो । कार्यक्रममा छिमेकी शाखा पोखरा जेसीज, पोखरा लेडि जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज लगाएतका अन्य संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिती रहेको थियो ।

JCI News Archive