शाखा भ्रमण र सचिवालय उद्घाटन

2022-03-23

शाखा भ्रमण र सचिवालय उद्घाटन
मंगलबार बाह्रदशी जेसीजको सचिवालय उद्घाटन र शाखा भ्रमण कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजका उपाध्यक्ष जेसी कुमार सिह सावा लिम्बू ज्यूले रिवन काटेर सचिवालय उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई बाह्रदशी जेसीजका उपाध्यक्ष जेसी तिर्थराज कोइराला ज्यूले संयोजन गर्नुभएको थियो । कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष जेसी खगेन्द्र सुवेदी ज्यूले स्वागत मन्तव्य, युवा तथा वातावरण संयोजक जेसी आश्वीन देउजाज्यूले जेसीज भिजन वाचन साथै खेलकुद संयोजक जेसी संजय शाहज्यूले जेसीज आस्था वाचन गर्नुभएको थियो ।
कार्यक्रममा संस्थापक अध्ययक्ष जेसी बिगम श्रेष्ठ, वर्ष २०२२ का अध्ययक्ष जेसी पुष्पलाल धमला, कोषाध्यक्ष जेसी सोमनाथ बजगाइ, पिआरो जेसी धिरज राजवंशी , उपाध्यक्ष जेसी नवराज दाहाल, सदस्य वृद्धि जेसी प्रकाश फुयाल, सचिव जेसी डिक कुमार कटुवाल लगाएत अरु सदस्यहरु उपस्थिति हुनुहुन्थ्यो । अध्ययक्ष जेसी पुष्पलाल धमालज्यूले वर्षभरिको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । राष्ट्रिय उपाध्यक्ष ज्यूले शाखालाइ शुभकामना दिदै आगामि दिनमा बाह्रदशी जेसीले समाजमा प्रत्यक्ष प्रभावपर्ने कार्यक्रमहरु ल्याउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रम लाई महासचिव जेसी टंक बहादुर कार्कीलेज्यूले संचालन गर्नुभएको थियो ।

JCI News Archive