नेपाल जेसीजको ६०औं स्थापना दिवसको अवसरमा टीकापुर जेसीजले युवाहरूलाई सशक्तिकरण गर्दै मंगलबार Empowering The Youth कार्यक्रम सम्पन्न गरेको छ। जेसीजको मिशन नेतृत्व विकास अवसर प्रदान गर्न जसले युवाहरूलाई सकारात्मक परिवर्तन सिर्जना गर्न सशक्त बनाउँछमा आधारित हुदैँ युवा लक्षित टीकापुर जेसीजले कार्यक्रम गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि टीकापुर जेसीजका मानार्थ सदस्य जेसी आई सेनिटर पृथ्वी राज ढुंगानाले जेसीज संग आबद्ध युवाको दृष्टिकोण सकारात्मक हुने र सकारात्मक समाज निर्माण गर्न नेतृत्व गरिरहेको देख्दा आफुलाई जेसीज युवा भन्न गर्ब लाग्ने बताउनु भयो।
कार्यक्रमका प्रमुख प्रशिक्षक टीकापुर जेसीजका पूर्व अध्यक्ष जेसी टोप प्रकाश वि.क.ले उपस्थित युवाहरुलाई जेसीजले कसरी व्यक्तित्व, नेतृत्व र उद्य्मशिलताको विकास गर्छ तालीम मार्फत जानकारी दिएका थिए।
सह प्रशिक्षक संचारकर्मी परमानन्द पाण्डेले जेसीज युवाहरुको अन्तरनिहित प्रतिभालाई समाजमा देखिने किसिमले नेतृत्व गरेका उदाहरण देखाउदै युवाहरुको लागी जेसीज अनिवार्य विश्वविद्यालय भएको बताउनु भयो।
कार्यक्रमका सभाध्यक्ष टीकापुर जेसीजका अध्यक्ष जेसी रुपक बहादुर विष्टले नेपालमा बिगत ५९ साल देखी जेसीजले युवा र समाज मात्र नभई राष्ट्र निर्माणमा पनी जेसीजको महत्वपुर्ण भूमिका रहेको बताए।
कार्यक्रम नेपाल जेसीजको ६०औं स्थापना दिवसको केक काटेर समापन गरिएको थियो भने कार्यक्रम संचालन टीकापुर जेसीजका महासचिब जेसी भरत भण्डारीले संचालन गरेका थिए।