मिति २०७९/०२/७ गते शनिबारका दिन दाङ महिला जेसिजको आयोजनामा शाखा अध्यक्ष जेसि शारदा घर्ती ज्युको अध्यक्षतामा त्रिभुवननगर जेसिजका पुर्व अध्यक्ष जेसी ऋषिराज जङ्गली ज्यु प्रमुख प्रशिक्षक रहि त्रिभुवननगर जेसिजको सचिवालयमा प्रतिवेदन लेखन तालिम सम्पन्न गरियो। दाङ महिला जेसिज वर्ष २०२२ का कानुनि सल्लाहकार जेसि अनिता ढकाल ज्यूको आस्था पाठ बाट शुरू भएको कार्यक्रममा सम्योजक जेसि सङ्गिता रोकाय ज्युले स्वागत मन्तव्य राख्नुभएको थियो। प्रमुख अतिथी ज्युले ब्यानर वाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा दाङ महिला जेसिजका सस्थापक अध्यक्ष जेसि निर्मला गौतम, त्रिभुवननगर जेसिजका कार्यवाहक अध्यक्ष जेसी महेश गुप्ता, निवर्तमान अध्यक्ष जेसि ममता विष्ट, पुर्व अध्यक्ष जेसी विन्दु गिरि, प्रमुख प्रशिक्षक ऋषिराज जङ्गली, सहभागीको तर्फबाट जेसी दिपा पुनले बोल्नुभएको थियो।
२२ जनाको सहभागिता रहेको तालिमको अध्यक्षीय मन्तव्य सहित अध्यक्ष ज्युले समापन गर्नु भएको थियो भने सहजीकरण महासचिव नारायणी भण्डारीले गर्नु भएको थियो।