नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीज, माडी जेसीजको संयुक्त आयोजनामा वर्ष २०२४ का लागी LO Officers Training & Planning Workshop यहि माघ १३ गते धावन रिक्रियसन सेन्टर भरतपुरमा सुसम्पन्न भएको छ।

2024-01-28

नारायणगढ जेसीजको LO Officers Training & Planning Workshop सम्पन्न।


नारायणगढ जेसीज, नारायणगढ लेडि जेसीज, माडी जेसीजको संयुक्त आयोजनामा वर्ष २०२४ का लागी LO Officers Training & Planning Workshop यहि माघ १३ गते धावन रिक्रियसन सेन्टर भरतपुरमा सुसम्पन्न भएको छ।


वर्ष २०२४ लाई सफलतापुर्वक संचालन गर्नका लागी पदाधिकारीलाई काम, कर्तव्य, अधिकार सम्बन्धित तालिम एवं ‘नेतृत्व र उद्यमशिलताको लागि युवा एकता(Youth Unity For Leadership & Entrepreneurship) प्रकरणमा एवं जेसीजका चार अवसरका क्षेत्रमा रहि युवा उद्यमी व्यवसायीहरु एवं समुदायमा केन्द्रित भई विभिन्न तालिमहरु,आन्तरिक पर्यटनको प्रवर्द्धन हुने गरी र छिमेकी शाखाहरुलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरु संचालन गर्ने गरी कार्ययोजनाको खाका तयार गरिएको छ।


नारायणगढ जेसीजका अध्यक्ष बर्ष २००७ सिनेटर सुदिप सिहं अधिकारीज्यूको प्रमुख प्रशिक्षकत्वमा एवं अध्यक्ष बर्ष २०१८ जेसी अर्जुन अधिकारी ,अध्यक्ष बर्ष २०२०जेसी अनोज जोशी, माडी जेसीजका अध्यक्ष बर्ष २०२२ जेसी शोभाकर अधिकारीज्यू हरुको प्रशिक्षकत्वमा उक्त तालिम एवं कार्ययोजना सम्पन्न गरिएको छ।


नारायणगढ जेसीजका अध्यक्ष जेसी राजेन्द्र भट्टराई, नारायणगढ लेडी जेसीजकी अध्यक्ष जेसी हिमा श्रेष्ठ, माडी जेसीजका अध्यक्ष जेसी सन्तोष भट्टराईको क्रमस स्वागत मन्तव्य, उद्घाटन सत्र सभापति र समापन सत्रको सभापतित्व रहेको उक्त कार्यक्रमको उद्घाटन सत्रको प्रमुख अतिथि पुर्व अध्यक्ष एवं उद्योग वाणिज्य संघ चितवन को अध्यक्ष सुमन श्रेष्ठज्यू एवं समापन सत्रको प्रमुख अतिथि पुर्व अध्यक्ष एवं चेम्बर अफ कमर्सका अध्यक्ष सिनेटर गोपाल भट्टराईज्यू रहनु भएको थियो भने कार्यक्रमको संयोजन जेसी सन्तोष पण्डितले गर्नु भएको थियो। 


कार्यक्रममा तिनवटै शाखाका पदाधिकारी,साधारण सदस्यहरुको उत्साहजनक सहभागीता रहेको थियो। 


साथै सोही अवसरमा उधोग वाणिज्य संघको आसन्न निर्वाचनमा नारायणगढ जेसीज वर्ष २००२ का अध्यक्ष सुमन श्रेष्ठ अध्यक्ष पदमा, वर्ष २०१३ का अध्यक्ष सिनेटर बिष्णु लम्साल सदस्य पदमा ,एवं चेम्बर अफ कमर्सको निर्विरोध निर्वाचित नारायणगढ जेसीज बर्ष २०१६ का अध्यक्ष सिनेटर गोपाल भट्टराई अध्यक्ष पदमा, बर्ष २०१० का अध्यक्ष श्री सोम प्रसाद क्रापी उपाध्यक्ष पदमा, बर्ष २०१८ का अध्यक्ष & बर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी सचिव पदमा निर्वाचन हुनु भएकोमा कदरपत्र प्रदान गरि हार्दिक बधाई एवं सम्मान प्रकट गरियो।

जय जेसीज!

JCI News Archive