जेसीआई बुटवल लेडी द्वारा आयोजित "अर्धबार्षिक प्रतिवेदन प्रस्तुत एवं कृयाशिल पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण" कार्यक्रम आज भव्यताका साथ सम्पन्न भएको छ ।
जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा शुरुवात गरिएको उक्त कार्यक्रममा अक्सफोर्ड कलेजका कलेज प्रमुख मनोज मरासिनी प्रमुख अतिथि को रुपमा रहनुभएको थियो ।
आफ्नो कार्यकालको छ महिनासम्म गरिएका कार्यक्रमको गतिविधिको प्रतिबेदन प्रस्तुत गर्ने एवं राष्ट्रको चौथो अंगको रुपमा रहनुभएका पत्रकार हरु हामी माझ समाचार सम्प्रेषण गर्न जस्तो सुकै परिस्थितिमा अग्रपंक्तिमा रहि काम गर्नु पर्ने हुनाले उहाँहरुको हौसला एवं सम्मान स्वरुप स्वास्थ्य सामाग्री वितरण कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा जेसीआई बुटवल लेडी का अध्यक्ष सल्लाहकार जेसी शर्मिला राना ज्यू को आस्था पाठ, कार्यक्रम संयोजक जेसी कृतिका जोशी ज्यूको स्वागत मन्तव्य रहेको थियो भने आजिबन सदस्य गीता ज्ञवाली ज्यू र पूर्व अध्यक्ष जेसी उर्मिला श्रेष्ठ ज्यू को शुभकामना मन्तव्य रहेको थियो ।
कार्यक्रममा ABC टेलिभिजन प्रदेश नं पाँच का व्युरो प्रमुख शरण कर्माचार्य, कुशल पत्रकार झविन्द्र देवकोटा, पत्रकार रिमा बिसी लगायतले आफ्ना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूले मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।
कार्यक्रम जेसीआई बुटवल लेडी का महासचिव जेसी अनुपमा श्रेष्ठ ले सञ्चालन गर्नुभएको थियो ।
हाम्रो यस कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण महानुभाव ज्यू हरु प्रति हार्दिक आभार प्रकट गर्दछौँ ।
धन्यवाद, जय जेसीज
महासचिवः जेसी अनुपमा श्रेष्ठ
अध्यक्षः जेसी कल्पना पाण्डे