दमक जेसिजको जेसिज सप्ताह २०२४ अन्तर्गत Autism Awareness Training Program अक्सफोर्ड अङ्ग्रेजी माध्यमिक विद्यालय दमक ३ मा सम्पन्न भएको छ । रिसु चाइल्ड केयर डेभलपमेन्ट दमक सँगको सहकार्यमा भएको उक्त तालिम कार्यक्रममा २०० भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो। रुबिना शाह उक्त कार्यक्रम को प्रमुख प्रशिक्षक रहनुभएको थियो भने कार्यक्रम संयोजक दमक जेसिजका तालिम निर्देशक जेसी सरोज ढकाल रहनुभएको थियो। बालबालिकाहरूलाई अटिजम रोग बाट बच्न के कस्ता प्रयासहरू गर्न सकिन्छ र सो रोगको लक्षण तथा रोकथाम का बारेमा अभिभावकहरूलाई सचेतनामूलक तालिम दिएको थियो। दमक नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नवीन बरालज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रम मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली चापागाई, प्रिन्सिपल तथा जेसिसका सदस्य जेसी गंगादेव चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो। दमक जेसिजका अध्यक्ष जेसी रामचन्द्र अधिकारी ज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम कार्यक्रममा उपस्थित अभिभावकहरूले प्रमुख प्रशिक्षक लाई प्रश्न उत्तर समेत गर्नुभएको थियो।