रामनगर जेसीजले आफ्नो ७ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता आयोजना

2021-05-30

रामनगर जेसीजले आफ्नो ७ औं बार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा आयोजना गरेको खुल्ला दौड प्रतियोगिता पुरुषतर्फ प्रतापपुर गाउँपालिकाका गिरीलाल कोहार प्रथम भएका छन् । उनले १९ मिनेट ४३ सेकेण्डमा दुरी पुरा गरेका थिए । सुनवल १२ भूमहीका हरि काफ्लेले २१ मिनेट ५९ सेकेण्डमा दुरी पुरा गर्दै दोस्रो स्थान प्राप्त गरे भने २२ मिनेट ११ सेकेण्डमा दुरी पुरा गर्दै सुनवल १ का सन्देश क्षेत्री तेस्रो भए ।


महिलातर्फ २९ मिनेटमा दुरि पुरा गर्दै प्रतापुर गाउपालिकाकि सुमन चौधरीले प्रथम, ३१ मिनेट १४ सेकेण्डमा दुरि पार गर्दै बर्दघाट नगरपालिकाकि बिपिना परियार दोस्रो र ३१ मिनेट १५ सकेण्डमा दुरि पार गर्दै बर्दघाट नगरपालिकाकि ममता परियारले तेस्रो स्थान हासिल गरिन । प्रतियोगिताको उद्घाटन रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गरेका थिए ।


शाखाकी अध्यक्ष देवी कडेँलको सभापतित्वमा सम्पन्न प्रतियोगिताका विजेता धावकहरुलाई सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्याल, सुनवल न.पा.वडा नं १२ का अध्यक्ष यमलाल पाण्डेय जेसीआई नेपाल वर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष एवं जेसीआई रामनगरका पूर्व अध्यक्ष भोजराज चापागाई,

जेसीआइ रामनगरका संस्थापक अध्यक्ष डोलराज भण्डारी, निःवर्तमान अध्यक्ष भेजराज पौडेल, प्रहरी युक्ति महा विध्यालयका प्रहरी वरिष्ठ उपरिक्षक कुबेर कडायत, जि.प्र.का प्रहरी निरिक्षक राम प्रसाद पाण्डे, इ.प्र.का. सुनवलका प्रहरी निरीक्षक कृष्ण धिताल ट्राफिक प्रहरी निरिक्षक तथा जेसीआइ रामनगरका पूर्व अध्यक्षहरुले पुरस्कार वितरण गरेका थिए ।  
कार्यक्रम संयोजक तारा पाण्डेको संयोजकत्वमा सम्पन्न भएको थियो ।


JCI News Archive