सल्यान जेसीजले ७४औं प्रजातन्त्र दिवस दिप प्रज्वल गरि दिवस मनाएको छ ।
सल्यान जेसीजले जिल्लाको मुख्य ब्यापारीक केन्द्र श्रीनगर मा दिप प्रज्वालन गरि ७४ औं प्रजातन्त्र दिवस मनाएको छ ।
सल्यान जेसीजका संस्थापक अध्यक्ष जेसी राजेन्द्र कुमार थापा, उद्योग बाणिज्य संघ कर्णाली प्रदेशका उपाध्यक्ष सुधन श्रेष्ठ , शारदा नगरपालिका वडान११ कावडा अध्यक्ष राजेश कुमार शर्मा, पुर्ब अध्यक्ष जेसी नरेन्द्र बुढामगर निवर्तमान अध्यक्ष जेसी डम्बर केसी, बर्ष २०२४ का अध्यक्ष जेसी अशोक कुमार बोहरा श्रीनगर बजार व्यवस्थापन का अध्यक्ष हपिष भण्डारी ,सल्यान जेसीजका पदाधिकारी तथा सदस्यहरु, समाजसेवी तथा व्यापारीहरु लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक सल्यान बर्ष २०२४ का उपाध्यक्ष जेसी मोहन डाँगीले गर्नुभएको थियो ।