वीरता लेडी जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
झापामा हाल भइरहेको चरम रक्त अभावलाई मध्यनजर गर्दै मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्यको भन्ने जेसुीज आस्थालाई शिरोपर गर्दै रक्तदान कार्यक्रम गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाले बताइन् ।
बिर्तामोडको मुक्तिचौकस्थित दुर्गामन्दिरमा भएको कार्यक्रममा २६ जना महिलासहित ७७ जनाले रक्तदान गरेका थिए ।
वीरता लेडी जेसीजकी अध्यक्ष संगीता चिमरीयाको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखा सभापति सजेश शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी उपाध्यक्ष निशा शाक्यले स्वागत गरेकी थिइन् ।
वीरता लेडी जेसीजकी उपाध्यक्ष पूजा काफ्ले खरेलले आस्था वाचन गरेको कार्यक्रममा तालिम संयोजक श्रेयसी चौधरीले जेसीआई मिसन भिजन वाचन गरेकी थिइन् ।
कार्यक्रममा वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता खरेल विमली, वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराई, नेपाल रेडक्रस सोसाइटी विर्तामोड उपशाखाका उपसचिव ओमप्रकाश लुईंटेललगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव युनिता दवाडीले गरेकी थिइन् ।